त्रिभुवन विश्वविद्यालयका सबै परिक्षा स्थगित
काठमाडौँ। त्रिभुवन विश्वविद्यालयले परीक्षा नियन्त्रण कार्यालय बल्खु र सम्बन्धित डीन कार्यालयहरूमार्फत सञ्चालित सम्पुर्ण परीक्षाहरू स्थगित गरेको छ।
रसुवा जिल्लाको रसुवागढी भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा भदौ १० गते आएको भीषण बाढीका कारण सिर्जित प्राकृतिक विपद्को अवस्थालाई मध्यनजर गर्दै विश्वविद्यालयले यो निर्णय लिएको हो। भदौ १२ गते बसेको त्रि.वि. कार्यकारी परिषदको बैठकले विपद्का कारण परीक्षार्थीहरूलाई पर्न सक्ने कठिनाइलाई ध्यानमा राख्दै हालका लागि सबै परीक्षाहरू रोक्ने निर्णय गरेको जनाएको छ।
निमित्त रजिस्ट्रार प्रा.डा. महानन्द चालिसेद्वारा जारी सूचना अनुसार स्थगित गरिएका परीक्षाहरूको संशोधन तालिका चाँडै सार्वजनिक गरिनेछ। केन्द्रीय परीक्षा सञ्चालक समिति तथा सम्बन्धित अध्ययन संस्थान/संकाय अन्तर्गतका परीक्षा सञ्चालक समितिहरूबाट आगामी भदौ २० गतेभित्र नयाँ परीक्षा तालिका प्रकाशित गरिने विश्वविद्यालयले जनाएको छ।
ताजा अपडेट
-
भोटेकोशी बाढीः ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार
-
भोटेकोशी नदीमा पानीको बहाव पुनः बढ्यो, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
-
उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री शाह
-
त्रिभुवन विश्वविद्यालयका सबै परिक्षा स्थगित
-
भोटेकोशी बाढीः एक प्रहरीसहित ५४७ जनाको शव फेला


प्रतिक्रिया