त्रिशूली ३ ‘ए’मा फसेकाको उद्धारका लागि नुवाकोट पुर्याइयो स्काभेटर र डोजर
काठमाडौँ- बाढीका कारण रसुवास्थित माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजना क्षेत्रमा फसेकाको उद्धारका लागि नेपाली सेनाले स्काभेटर र डोजरलाई नुवाकोटको बट्टार पुर्याएको छ। ती उपकरणहरूलाई त्यहाँ खण्ड-खण्ड (डिसमेन्टल) पारेर हेलिकप्टरमार्फत आयोजनास्थलतर्फ लगिएको छ।
बाढी प्रभावितहरूको उद्धारका लागि नेपाली सेनासहितको टोली अहोरात्र खटिएको छ। गएराति भीषण बाढी आएको भए पनि उद्धार प्रयास निरन्तर जारी छ। नेपाली सेनाका अनुसार अबको करिब एक घण्टामा सुरङको प्रवेशद्वार (टनेल इन्ट्री) खोल्ने (ब्रेक थ्रु) काम सम्पन्न हुनेछ। त्यसपछि मात्रै फसेका मानिसहरूको खोजी तथा उद्धार कार्य सुरु हुनेछ।
ताजा अपडेट
-
यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार
-
सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिएको छ: प्रधानमन्त्री बालेन
-
डब्लुएचओद्वारा बाढी प्रभावितका लागि १ लाख ५० हजार डलरको स्वास्थ्य सामग्री सहयोग
-
त्रिशूली ‘३ ए’मा ड्रिलिङको काम सकियाे, उद्धारकर्मीलाई भित्र पठाइँदै
-
बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार र राहत प्रभावकारी बनाउन सभापति लामिछानेको निर्देशन


प्रतिक्रिया