त्रिशूली ‘३ ए’मा ड्रिलिङको काम सकियाे, उद्धारकर्मीलाई भित्र पठाइँदै
काठमाडौं । त्रिशूली बाढीका कारण त्रिशूली ‘३ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेकाको उद्धारका लागि खटिएको टोलीले ड्रिलिङको काम सकाएको छ । लगत्तै उद्धारकर्मीलाई भित्र पठाउन लागिएको छ ।
त्रिशूली ‘३ ए’मा फसेकाको उद्धारका लागि सक्रिय राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् सागर ढकालले सुरुङको ड्रिलिङको काम सकाएर उद्धारकर्मीलाई भित्र पठाउने तयारी भइरहेको जनाएका छन् ।
‘हामी अहिले यही फिल्डमै छौं । अहिले त्रिशूली ३ ‘ए’ मा ड्रिलिङको काम सकाएर भित्र जाने तयारी गर्दैछौं,’ ढकालले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘उद्धारको लागि केही समयमा उद्धारकर्मी भित्र जाने तयारी भइरहेको छ।’
उद्धारकर्मीलाई भित्र पठाएर त्यहाँ फसेकाको उद्धार गर्न लागिएको उल्लेख गर्दै उनले नआत्तिन आग्रह गरेका छन् । सरकारले अहिले आफ्नो सम्पूर्ण शक्ति यसमै केन्द्रित गरे पनि उद्धार कार्य चुनौतीपूर्ण रहेको उनको भनाइ छ ।
गत बुधबार भोटेकोशी हुँदै त्रिशूलीमा प्रवेश गरेको बाढीबाट जोगिन त्रिशूली ३ ए लगायत जलविद्युत् आयोजनामा कार्यरत व्यक्तिहरू सुरुङभित्र छिरेका छन् । विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा ६०० जना व्यक्ति फसेको अनुमान गरिएको छ । तर उद्धार प्रभावकारी नहुँदा अहिलेसम्म उनीहरूलाई बाहिर निकाल्न सकिएको छैन ।
ताजा अपडेट
-
यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार
-
सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिएको छ: प्रधानमन्त्री बालेन
-
डब्लुएचओद्वारा बाढी प्रभावितका लागि १ लाख ५० हजार डलरको स्वास्थ्य सामग्री सहयोग
-
त्रिशूली ‘३ ए’मा ड्रिलिङको काम सकियाे, उद्धारकर्मीलाई भित्र पठाइँदै
-
बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार र राहत प्रभावकारी बनाउन सभापति लामिछानेको निर्देशन


प्रतिक्रिया