NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ भदौ १८ गते

भोटेकोशी बाढी : खोज तथा उद्धारमा खटिने सुरक्षाकर्मी र राष्ट्रसेवकलाई जोखिम भत्ता

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यमा खटिने सुरक्षाकर्मी तथा राष्ट्रसेवक कर्मचारीका लागि विशेष राहत तथा सुविधा उपलब्ध गराउने निर्णय गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले खोज तथा उद्धारमा संलग्न सुरक्षाकर्मी र कर्मचारीलाई जोखिम भत्ता तथा खाजा खर्च उपलब्ध गराउने निर्णय गरेको हो।

बैठकका निर्णय सार्वजनिक गर्दै शिक्षामन्त्री सस्मित पोखरेलले उद्धारका क्रममा खटिएका सुरक्षाकर्मी तथा राष्ट्रसेवक कर्मचारी घाइते भएमा सरकारले निःशुल्क उपचारको व्यवस्था गर्ने जानकारी दिए।

त्यस्तै, खोज तथा उद्धार कार्यमा खटिएका कर्मचारी वा सुरक्षाकर्मीको मृत्यु भएमा मृतकका परिवारलाई प्रति व्यक्ति १० लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णयसमेत सरकारले गरेको छ।

सरकारले बाढी प्रभावित क्षेत्रमा जोखिमपूर्ण अवस्थामा खटिने जनशक्तिको सुरक्षा र आवश्यक सहयोगलाई प्राथमिकतामा राख्दै उक्त व्यवस्था गरेको जनाएको छ।

ताजा अपडेट

नेपालवाच विशेष