श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
काठमाडौं । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेकामध्ये दुई जनाकाे नवौं दिनमा सकुशल उद्धार भयो । एक जना मृत भेटिए । नेपाली सेना, सशस्त्र प्रहरीदेखि विद्युत् प्राधिकरणका कर्मचारीसम्म खटिएको यो उद्धार कार्यमा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदद्वय श्रीराम न्यौपाने र सागर ढकाल अहोरात्र खटिए । यो नतिजा आउनुमा सुरुङ विज्ञ समेत रहेका श्रीराम न्यौपानेको अहं भूमिका छ । खासगरी सुरुङको मुख पत्ता लगाएर त्यहाँसम्म पुग्ने अवस्था बनाउन उनको महत्त्वपूर्ण भूमिका रह्यो । तर दुर्भाग्य, उनै न्यौपानेमाथि आलोचनाका शब्दहरू प्रहार भइरहेका छन् ।
न्यौपाने आफूहरूले छिटो नतिजा निकाल्ने गरी सक्रियता देखाउँदा आलोचनाको भागिदार बन्नु परेको गुनासो गर्छन् । विदेशी विज्ञ र प्रविधि झिकाउन ढिलाइ भएको भनेर भइरहेका आलोचना पनि वस्तुनिष्ठ नरहेको न्यौपानेको दाबी छ । उनका अनुसार संसारका जुनसुकै देशबाट विज्ञ र प्रविधि झिकाए पनि यसको प्रक्रिया अहिलेको जस्तै हो ।
प्रस्तुत छ, सांसद् न्यौपानेसँग त्रिशूली–३ ‘ए’ सुरुङ उद्धारमा मिलेको सफलता, त्यसक्रममा सामना गरेका चुनौती, उनी स्वयंमाथि भइरहेका आलोचनाबारे नेपालवाच प्रतिनिधिले गरेको कुराकानीको उतार :
बाढी आएको ९ दिनपछि त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट दुई जनाको जीवितै उद्धार गर्न सफल हुनुभएको छ। यसमा यहाँको टोलीको ठूलो योगदान छ। यो सफलता हासिल गर्न कसरी काम गर्नुभयो?
सबैभन्दा पहिला त भदौ १० गते आकस्मिक रूपमा त्यो विनाशकारी बाढी आयो। भदौ ११ गते राति मलाई त्रिशूली ३ ‘ए’ को पावरहाउसमा ४२ जना मानिसहरू फसेको भन्ने जानकारी प्राप्त भयो। १२ गते बिहानै माननीय सागर ढकालमार्फत मलाई यो खबर प्राप्त भएपछि हामी दुवै जना तत्कालै नुवाकोटको विदुर पुग्यौँ। दिनभरि साइट जाने वातावरण बनाउन अनुरोध गरेपछि दिउँसो ३ बजे हेलिकोप्टर प्राप्त भयो र हामी घटनास्थल पुग्यौँ।
बगरमा थुप्रिएका घरभन्दा ठूला चट्टानहरू फोड्नका लागि संसारभरि नै ‘विस्फोटक पदार्थ’ (Explosives) बाहेक अर्को कुनै प्रविधि बनेकै छैन। हामीले १३ गते नै विस्फोटक पदार्थ पुर्याएर चट्टान पड्काउन थालिसकेका थियौँ। संसारको जतिसुकै ठूलो विज्ञ आए पनि गर्ने काम त्यही नै हो— विस्फोटक पदार्थले ठूला चट्टान फुटाउने र एक्सकाभेटरले लेदो पन्छाउने! बगर पन्छाउने योबाहेक अर्को कुन चमत्कारिक प्रविधि दुनियाँमा छ र ?
घटनास्थलको अवलोकन गरेपछि मैले उद्धारका लागि चार वटा सम्भावित विकल्पहरू सुझाएकाे थिएँ। त्यतिबेला सुरुङको मुख कहाँ छ भन्ने नै पत्ता लागेको थिएन। सर्भे गर्दा पनि ठ्याक्कै लोकेसन पत्ता नलागेकाले सर्भेले दिएको पोइन्टलाई भेरिफाई गर्न हामीले २४ मिटर माथिबाट ड्रिलिङ गर्यौँ। १२ गतेको भिजिटपछि १३ गतेदेखि काम सुरु गर्ने गरी तयारी थाल्यौँ।
१३ गते नेपाली सेनाको एमआई-१७ हेलिकोप्टरमार्फत ड्रिलिङ मेसिनहरू लिएर गयौँ। ड्रिल गरेर सुरुङको मुख्य भाग लोकेट गरिसकेपछि एक्सकाभेसन (उत्खनन) सुरु गरियो। सुरुमा एउटा मात्र मेसिनले खन्न थालेका थियौँ, भोलिपल्ट अर्को मेसिन पनि आइपुग्यो। सुरुङको मुखमाथि ३० मिटर उचाइ र ४० देखि ५० मिटर लम्बाइमा करिब २० हजार घनमिटर लेदो, गिटी, बालुवा र ठूला-ठूला चट्टानहरू थुपारिएका थिए। दुई वटा मेसिनले निरन्तर कटिङ गर्दै अघि बढ्यौँ।
अनवरत प्रयासपछि सुरुङको मुखको डेढ मिटर माथिल्लो भाग खोल्न सफल भयौँ। त्यहाँ लेदो र गेग्रानले भरिएको थियो। त्यो लेदो पन्छाउँदै नेपाली सेना र सशस्त्र प्रहरीको रेस्क्यु टिमले साबेल, गैँची र पानीको जेट प्रयोग गरेर भित्र बाटो बनाउँदै गयो। टोलीले एकै रातमा १६० मिटर छिचोलेर पावरहाउससम्मको बाटो खोल्यो। पावरहाउसमा पुग्दा दुई जना सुरक्षित अवस्थामा हुनुहुन्थ्यो, उहाँहरूलाई जीवितै उद्धार गरियो भने एक जना मृतक अवस्थामा भेटिनुभयो।
पावरहाउसमा तीन जना मात्रै देखिनुभयो। मैले सुरुमै सामाजिक सञ्जालमार्फत पनि भनेको थिएँ— जो-जो पावरहाउसको माथिल्लो तलामा सुरक्षित साथ पुग्नुभएको छ, उहाँहरूलाई हामी जीवितै निकाल्न सक्छौँ, तर जो माथिल्लो तलामा पुग्न सक्नुभएन, उहाँहरू सुरक्षित रहन सक्नुहुन्न। त्यहाँको इन्जिनियरिङ डिजाइन र अवस्था हेर्दा सुरुङबाट छिरेको लेदो पावरहाउसको क्राउन लेभलसम्मै भरिने निश्चित थियो। नतिजा ठ्याक्कै त्यस्तै आयो। माथिल्लो तलामा रहेका दुई जना जीवितै उद्धार हुनुभयो, तल रहेका एक जनाको भने मृत्यु भइसकेको रहेछ। बाँकी खोजी कार्य अझै निरन्तर जारी छ, तर अरू भेटिएका छैनन्।
बाढीले सबै बगाएको थियो, धेरै मिटरसम्म लेदो र चट्टान पुरिएको विकट भूगोल थियो। त्यो भौगोलिक स्थितिबाहेक अरू कस्ता चुनौतीहरूको सामना गर्नुपर्यो?
भौगोलिक हिसाबले त्यहाँ पहुँच मार्ग र सडकहरू पूर्ण रूपमा ध्वस्त थिए। हेलिकोप्टरबाहेक सामान र मेसिन ओसार्ने अर्को कुनै विकल्प नै थिएन। चाहिने सामग्री ल्याउन अलि बढी समय लाग्थ्यो।
यस अभियानमा नेपाली सेनाको ‘चेन अफ कमान्ड’, अनुशासन र लगनशीलता अत्यन्तै सराहनीय रह्यो। अर्कोतर्फ, नेपाल विद्युत् प्राधिकरणले भने घटना घटेको भदौ १० गतेको भोलिपल्टै (११ गते) साइटमा समिति गठन गरेर पठाउनुपर्नेमा १७ गते मात्रै समिति पठायो। त्यो ढिलासुस्ती आफ्नो ठाउँमा छँदै छ।
सुरुङको मुख कहाँ छ भनेर पत्ता लगाउने। यसमा कसैलाई कठिनाइ हुन सक्थ्यो होला, तर हामीलाई भएन। मेसिन लगेर ड्रिल सुरु गरेको दुई घण्टाभित्रै हामीले सुरुङको मुख यहीँ हो भनेर यकिन गर्यौँ। १४ गते बिहानैदेखि उत्खनन सुरु गरेर १४, १५, १६ र १७ गते गरी चार दिनमा २० हजार घनमिटर बगर पन्छाएर सुरुङको मुखसम्म पुग्नु आफैँमा कठिन र चुनौतीपूर्ण काम थियो
यहाँबाट मैले सिकेको मुख्य कुरा के हो भने— नेपाल विद्युत् प्राधिकरण जस्ता सार्वजनिक संस्थाहरूलाई पुनःसंरचना (Restructuring) र सुधार (Reforming) गरेर नेपाली सेनाजस्तै अनुशासित र लगनशील बनाउनैपर्छ। विपद्को समयमा मात्र होइन, वर्षका ३६५ दिन नै यसरी नै काम गर्ने वातावरण नबनाउने हो भने हामीले यो देशको विकास गर्नै सक्दैनौँ। धेरै निकायमा सुधार र रूपान्तरण गर्नुपर्ने आवश्यकता मैले यो उद्धारका क्रममा महसुस गरेँ।
यसैबीच, एउटा प्रश्न पनि उठाइएको छ कि अनुभवी विदेशी उद्धारकर्ता र अत्याधुनिक इक्युपमेन्ट बेलैमा नझिकाएकाले क्षति धेरै भयो । यदि विदेशी विज्ञ ल्याएको भए अझ धेरैको ज्यान जोगाउन सकिन्थ्यो । यो तर्कलाई यहाँले कसरी लिनुभएकाे छ ?
त्यो सरासर गलत र भ्रामक तर्क हो। बगरमा थुप्रिएका घरभन्दा ठूला चट्टानहरू फोड्नका लागि संसारभरि नै ‘विस्फोटक पदार्थ’ (Explosives) बाहेक अर्को कुनै प्रविधि बनेकै छैन। हामीले १३ गते नै विस्फोटक पदार्थ पुर्याएर चट्टान पड्काउन थालिसकेका थियौँ। संसारको जतिसुकै ठूलो विज्ञ आए पनि गर्ने काम त्यही नै हो- विस्फोटक पदार्थले ठूला चट्टान फुटाउने र एक्सकाभेटरले लेदो पन्छाउने! बगर पन्छाउने योबाहेक अर्को कुन चमत्कारिक प्रविधि दुनियाँमा छ र ?
कुरा रह्यो सुरुङको मुख कहाँ छ भनेर पत्ता लगाउने। यसमा कसैलाई कठिनाइ हुन सक्थ्यो होला, तर हामीलाई भएन। मेसिन लगेर ड्रिल सुरु गरेको दुई घण्टाभित्रै हामीले सुरुङको मुख यहीँ हो भनेर यकिन गर्यौँ। १४ गते बिहानैदेखि उत्खनन सुरु गरेर १४, १५, १६ र १७ गते गरी चार दिनमा २० हजार घनमिटर बगर पन्छाएर सुरुङको मुखसम्म पुग्नु आफैँमा कठिन र चुनौतीपूर्ण काम थियो।
हाम्रो पार्टीलाई पनि आफ्ना कार्यकर्ता र सांसदहरूको वास्तविक क्षमता र विशेषज्ञता (Strength) के हो भन्ने कुराको अहिलेसम्म सही अभिलेखीकरण (Documentation) छैन। पार्टीले आफ्ना मानिसहरूको क्षमता पहिचान गरेर सही जिम्मेवारी दिने हो भने देश छिटो बन्छ
त्रिशूली नदीको बहाव बढ्दा र माथिबाट पुनः फुटेर आउला कि भन्ने जोखिम हुँदाहुँदै पनि हामी २४सै घण्टा त्यही बगरमा बसेर काम गरिरहेका थियौँ। हामी आफैँ फिल्डमा खटिएपछि कामदार र सुरक्षाकर्मीको मनोबल पनि उच्च भयो। चुनौती भनेकै सडक नहुनु, सामान हेलिकोप्टरबाटै ल्याउनुपर्ने हुनु र ठूला एक्सकाभेटरहरू हेलिकप्टरले उचाल्न नसक्नु हो।
यसबाट मैले सरकारलाई दिनुपर्ने सुझाव के हो भने पछिल्लो प्रविधिमा २० देखि ३० टनसम्म सामान उचाल्न सक्ने हेलिकोप्टरहरू बनिसकेका छन्। नेपालजस्तो भौगोलिक बनावट भएको देशमा कम्तीमा १० देखि २०-३० टनसम्म भार उचाल्न सक्ने एउटा हेलिकोप्टर राज्यसँग स्ट्यान्डबाई हुनुपर्छ। त्यसो भयो भने भविष्यमा यस्ता उद्धार कार्यलाई अझ तीव्र बनाउन सकिन्छ।
तपाईं अहोरात्र खटिनुभयो, स्वयं १५ किलोमिटरसम्म सुरुङ निर्माणको नेतृत्व गरिसकेको अनुभव पनि छ। तर, उद्धारका क्रममा केही इन्जिनियरहरूलाई तपाईंले ‘अनावश्यक दबाब’ दिएको भन्ने कुरा पनि बाहिर आयो। यसकाे वास्तविकता के हाे ?
यसमा म एकदमै स्पष्ट कुरा भन्न चाहन्छु। यो देश नबन्नुको मुख्य कारण नै हामीले समयमा ‘नतिजा’ (Result) निकाल्न नसक्नु हो। हामी अहिले एसिया प्रशान्त क्षेत्रकै सबैभन्दा गरिब राष्ट्रमध्ये पर्छौँ, अफगानिस्तानभन्दा एक कदम मात्र माथि छौँ। हामीसँग स्रोत नभएर गरिब भएका होइनौँ, यस्तै कार्यशैलीका कारण गरिब भएका हौँ।
त्रिशूली नदीको बहाव बढ्दा र माथिबाट पुनः फुटेर आउला कि भन्ने जोखिम हुँदाहुँदै पनि हामी २४सै घण्टा त्यही बगरमा बसेर काम गरिरहेका थियौँ। हामी आफैँ फिल्डमा खटिएपछि कामदार र सुरक्षाकर्मीको मनोबल पनि उच्च भयो। चुनौती भनेकै सडक नहुनु, सामान हेलिकोप्टरबाटै ल्याउनुपर्ने हुनु र ठूला एक्सकाभेटरहरू हेलिकप्टरले उचाल्न नसक्नु हो
एउटा कुरा स्पष्ट के हो भने- जब तपाईं तोकिएको समयभित्र नतिजा निकाल्न खोज्नुहुन्छ, तब समाजमा तपाईंका आलोचक र शत्रुहरू स्वतः बढ्छन्। सबैलाई मिलाएर, कसैको चित्त नदुखाई, सुस्त तालमा काम गर्दा सबैको प्रिय त बन्न सकिएला, तर नतिजा शून्य हुन्छ। हामीले त्यहाँ समयमै नतिजा निकाल्नु पर्ने थियो। हामीले न सेना भन्यौँ, न विद्युत् प्राधिकरणका सिनियर इन्जिनियर भन्यौँ, काम गराउनका लागि हरसम्भव दबाब र प्रयत्न गर्यौँ। त्यो गर्दा कसैको चित्त दुखेको हुन सक्छ, कसैले आलोचना गरे होलान्। तर, हाम्रो केन्द्रविन्दु र गन्तव्य नतिजा निकाल्नु र मानिसको ज्यान जोगाउनु थियो। त्यसैले त्यो अवस्था सिर्जना भएको हो।
यो देश बनाउनका लागि पहिला गन्तव्य तय गर्नुपर्छ र त्यसका लागि निश्चित समयसीमा (Deadline) तोकिनुपर्छ। त्यो समयसीमाभित्र नतिजा निकाल्नका लागि कसैको आलोचना खेप्नुपर्छ भने म त्यो खेप्न तयार छु। आलोचना नखेपीकन नतिजा निस्कनै सक्दैन। नतिजा गुमाएर सबैको प्रिय बन्नेतिर हामीले सोचेनौँ
आफूले इमानदार भएर, क्षमताले भ्याएसम्म खटेर काम गर्दा उल्टै यस्तो आलोचना खेप्नुपर्दा व्यक्तिगत रूपमा कस्तो अनुभूति हुने रहेछ ?
यो देश बनाउनका लागि पहिला गन्तव्य तय गर्नुपर्छ र त्यसका लागि निश्चित समयसीमा (Deadline) तोकिनुपर्छ। त्यो समयसीमाभित्र नतिजा निकाल्नका लागि कसैको आलोचना खेप्नुपर्छ भने म त्यो खेप्न तयार छु। आलोचना नखेपीकन नतिजा निस्कनै सक्दैन। नतिजा गुमाएर सबैको प्रिय बन्नेतिर हामीले सोचेनौँ।
उद्धारमै खटिएका बेला तपाईंको आफ्नै राजनीतिक पार्टीले समेत तपाईंलाई त्यहाँबाट फिर्ता आउन निर्देशन दियो भन्ने खबरहरू आए, यसबारे के भन्नुहुन्छ?
पार्टीको सन्दर्भमा पनि स्थिति उस्तै हो। हाम्रो पार्टीलाई पनि आफ्ना कार्यकर्ता र सांसदहरूको वास्तविक क्षमता र विशेषज्ञता (Strength) के हो भन्ने कुराको अहिलेसम्म सही अभिलेखीकरण (Documentation) छैन। पार्टीले आफ्ना मानिसहरूको क्षमता पहिचान गरेर सही जिम्मेवारी दिने हो भने देश छिटो बन्छ। हाम्रो देश पछाडि पर्नुको मुख्य कारण नै ‘सही ठाउँमा सही व्यक्ति’ (Right Man in the Right Place) नहुनु हो। यो दुर्भाग्य देशले कहिलेसम्म भोग्नुपर्ने हो, भन्न सकिने अवस्था छैन।
तपाईंलाई पार्टीका तर्फबाट फिर्ता हुन कसले भन्नुभएको थियो?
मैले मिडियामार्फत संसदीय दलका उपनेताले मलाई फिर्ता हुन अनुरोध गर्नुभएको सुनेको हुँ। तर, मैले त्यसको कुनै पर्वाह गरिनँ। पार्टीले पत्र नै काटेको भए पनि म बरु सांसद पद छाड्न तयार थिएँ, तर काम नगरी त्यहाँबाट फर्किने पक्षमा थिइनँ।
म त्यहाँ कसैको अह्रनखटन वा जिम्मेवारी पाएर गएको होइन, पूर्णतः स्वतःस्फूर्त रूपमा मानवीयताका नाताले गएको हो। मेरो योग्यता, विज्ञता, क्षमता र अनुभवलाई विपद्को बेला उपयोग गर्न पाउँछु भनेर गएको थिएँ। म बिरामी हुँदाहुँदै पनि गएँ। विगतमा मेलम्चीको सुरुङ, नागढुङ्गाको सुरुङ वा अन्य जलविद्युत् आयोजनाहरूमा काम गर्दा १८ घण्टासम्म सुरुङभित्रै बसेर काम गर्ने मेरो बानी थियो। त्यही प्रतिबद्धता र लगनशीलता मैले यहाँ पनि प्रयोग गरेको हुँ।
पछिल्लो प्रविधिमा २० देखि ३० टनसम्म सामान उचाल्न सक्ने हेलिकोप्टरहरू बनिसकेका छन्। नेपालजस्तो भौगोलिक बनावट भएको देशमा कम्तीमा १० देखि २०-३० टनसम्म भार उचाल्न सक्ने एउटा हेलिकोप्टर राज्यसँग स्ट्यान्डबाई हुनुपर्छ। त्यसो भयो भने भविष्यमा यस्ता उद्धार कार्यलाई अझ तीव्र बनाउन सकिन्छ
त्यसरी काम गराउने क्रममा ‘मैले हिजो बिहान भनेको सामान अहिलेसम्म किन आएन ?’ भनेर प्रश्न गर्दा कसैको चित्त दुख्यो होला र उहाँहरूलाई हस्तक्षेप गरेजस्तो लाग्यो होला। विद्युत् प्राधिकरणको माथिल्लो व्यवस्थापनबाट समन्वय भए पनि तल्लो तहका कर्मचारीबाट समयमा सामान नआउँदा काम १-२ दिन ढिलो भएकै हो। मैले त्यसलाई अन्यथा लिएको छैन, मेरो ध्यान केवल समयमै नतिजा निकाल्नेमा थियो र त्यसैले गर्दा यो नतिजा सम्भव भयो।
हाम्रा सार्वजनिक संस्थानहरूमा विगतदेखि नै राजनीतिक भर्तीकेन्द्र बनाइयो, अहिलेको यो ढिलासुस्ती र अक्षमता त्यसैको दुष्परिणाम त हाेइन ?
मैले त्यहाँ ७ दिन रातदिन खटिएर काम गर्दा स्पष्ट के बुझेँ भने नेपाल विद्युत् प्राधिकरणजस्ता संस्थाहरूलाई निर्मम रूपमा पुनःसंरचना र सुधार गरेर सबलीकरण नगर्ने हो भने यो देश बन्दै बन्दैन। ऊर्जा क्षेत्र नेपालको समृद्धिको मुख्य आधार हो, अनि ऊर्जा क्षेत्रलाई हाँक्ने मुख्य संस्था नै यस्तो कार्यशैलीको भइदिएपछि देश कसरी बन्छ ? बन्नै सक्दैन।
सामाजिक सञ्जालमा त तपाईंले ‘अनावश्यक हस्तक्षेप भयो भने सांसद पदबाटै राजीनामा दिन्छु’ भन्नुभएको भिडियो पनि आएको थियो, के तपाईंले राजीनामाकै कुरा गर्नुभएको हो?
होइन, मैले सांसद पदबाटै राजीनामा दिन्छु भनेको होइन। मैले भन्न खोजेको के हो भने— सुरुङभित्र मानिसहरू फसेका बेला उद्धारको काम छाडेर म फिर्ता आउँदिनँ, काम नसकिई फिर्ता बोलाइन्छ भने म काम छाड्नुको सट्टा बरु सांसद पद छोड्न तयार छु। मेरो प्राथमिकता सांसद पद जोगाउनु होइन, मानिसको ज्यान जोगाउनु र नतिजा निकाल्नु थियो।
मित्रराष्ट्रहरूसँग बेलैमा सहयोग मागेको भए थप व्यक्तिहरूको ज्यान जोगाउन सकिन्थ्यो


प्रतिक्रिया