मियामी विमानस्थलमा कार्गो विमान दुर्घटना, ५ जनाको मृत्यु
काठमाडौँ । अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार एउटा कार्गो विमान धावनमार्गबाट बाहिरिएर दुर्घटनाग्रस्त भएको छ ।
दुर्घटनामा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् ।
अमेजन एयरको कार्गो विमान स्थानीय समयअनुसार दिउँसो करिब २ बजे अवतरण गरेपछि धावनमार्गबाट बाहिरिएर दुर्घटनाग्रस्त भएको हो । विमान करिब २०९ किलोमिटर प्रतिघण्टाको गतिमा धावनमार्गबाट बाहिरिएको बताइएको छ ।
बोइङ ७६७–३०० विमानले धेरै वटा सवारीसाधनलाई ठक्कर दिएपछि आगलागी भएको थियो । दुर्घटनाको प्रारम्भिक सूचना पाएलगत्तै करिब २०० जना अग्निनियन्त्रक घटनास्थल पुगेका थिए ।
अधिकारीहरूका अनुसार घाइतेमध्ये तीन जनालाई स्थानीय ट्रमा सेन्टरमा लगिएको छ भने अन्य दुई जनाको अस्पतालमा उपचार भइरहेको छ ।
ताजा अपडेट
-
भग्नावशेषबाट जीवित भेटिएपछि उद्धारमा कमजोरी भयो कि भन्ने परेको छ
-
सुन र चाँदी दुवैको मूल्य घट्यो
-
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
-
सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना: उच्च सतर्कता अपनाउन मौसमविद्को आग्रह
-
निजामती सेवा दिवसका औपचारिक कार्यक्रम रद्द, बजेट राहत कोषमा


प्रतिक्रिया