NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ भदौ २२ गते

७२ वर्षीया हजुरआमाको हत्या आरोपमा नाति पक्राउ

काठमाडौं । म्याग्दीको बेनी नगरपालिका–२, खबरा बस्ने ७२ वर्षीया मनकुमारी घिमिरेको धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा उनका नाति पक्राउ परेका छन्।

पक्राउ पर्नेमा मनकुमारीकी छोरीका छोरा अन्दाजी २६ वर्षीय आशिष बरुवाल रहेका छन्। प्रहरीले उनलाई आज बिहान भएको घटनापछि फरार रहेको अवस्थामा पक्राउ गरेको हो।

प्रहरीका अनुसार बरुवालले बिहान करिब साढे ११ बजे मनकुमारीलाई धारिलो हतियार प्रहार गरेका थिए। गम्भीर घाइते भएकी मनकुमारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनापछि जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट प्रहरी निरीक्षक सागर तिमिल्सिनाको कमान्डमा १५ जनाको प्रहरी टोली परिचालन गरिएको थियो।

खोजतलासका क्रममा बरुवाललाई बेनी नगरपालिका–२ स्थित हाडेभिरबाट भाग्दै गरेको अवस्थामा फेला पारी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान तथा प्रमाण सङ्कलनको काम भइरहेको प्रहरीले जनाएको छ।

ताजा अपडेट

नेपालवाच विशेष