NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ भदौ २३ गते

किम्रोङखोला थुनियो, तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा किम्रोङमा एक्कासी पानी बहाव रोकिएपछि गाउँपालिकाले सतर्कताका लागि अपिल गरेको छ।

आज साँझ ६ः३० बजेदेखि खोला थुनिएन पानीको बहाव अवरुद्ध भएको सूचना स्थानीयबाट प्राप्त भएपछि आफूहरू वीरेठाँटी जाँदै गरेको गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले बताए। पहिरो वा अन्य के कारणले कुन स्थानमा खोला थुनिएको भन्ने एकिन हुन नसकेको उनले बताए।

“दुई घण्टादेखि खोला थुनिएर पानीको बहाव अवरुद्ध भएको खबर आएकाले म वीरेठाँटी हिँडेको छ। किम्रोङखोला एवं मोदीखोला तटीय क्षेत्रमा बसोबास गर्नु हुने दाजुभाइ दिदी बहिनीहरूलाई विशेष सतर्कता अपाउन आग्रह गरेका छौं”, अध्यक्ष केसीले भने।

किम्रोङखोला मोदी नदीमा आएर मिसिने भएकाले कास्की र पर्वतको नदी तटीय क्षेत्रहरू वीरेठाँटी, नयाँपुल लगायतका क्षेत्रमा उच्च सतर्ककताका लागि गाउँपालिकाले अपिल गरेको छ। किम्रुङ खोलामा गत असार २८ गते पनि एक्कासी बाढी आएको थियो। सो बाढीले पुल बगाएको थियो भने होटलमा क्षति पुगेको थियो।

ताजा अपडेट

नेपालवाच विशेष