NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ भदौ २४ गते

आज दुई वटा संसदीय समितिको बैठक बस्दै

 काठमाडौँ । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । संसद् सचिवालयका अनुसार अर्थ समिति र उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक आज बस्ने भएको हो ।

आज बिहान साढे ९ बजे बस्ने अर्थ समितिको बैठकमा रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सरकारले हालसम्म गरेका उद्धार, राहत वितरण तथा पुनर्स्थापनाका सम्बन्धमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग छलफल गर्ने कार्यसूची छ ।

 विपद्‍बाट समग्र अर्थतन्त्रमा पारेको प्रभावका सम्बन्धमा अर्थ मन्त्रालयसँग छलफल तथा विपद्‍पछिको क्षति र प्रभावको मूल्यांकनका सम्बन्धमा राष्ट्रिय योजना आयोगसँग छलफल गर्ने कार्यसूची छ ।

यस्तै, आज बिहान १० बजे बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा दैनिक उपभोग्य वस्तुहरूको आपूर्ति व्यवस्थापन सम्बन्धमा छलफल हुने कार्यसूची छ ।

ताजा अपडेट

नेपालवाच विशेष