हवाई उद्धारको यति ठूलो व्यवस्थित अभियान यसअघि विरलै भएको थियोः रवि लामिछाने
काठमाडौं। बाढी प्रभावित क्षेत्रमा सरकारको उद्धार तथा खोज ढिला भइरहेको भन्दै आलोचना भइरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले सरकारले उद्धार, उपचार र राहतका धेरै काम गरेको बताएका छन् ।
बुधबारको प्रतिनिधिसभाको बैठकमा सभापति लामिछानेले यसअघिका सरकारले कहिल्यै नगरेको काम अहिलेको सरकारले गरिरहेको बताएका हुन् । उनले यो विपत्तिमा पसरकारको कामलाई सरकार र विपक्षीको परम्परागत चस्माले हेर्न नहुने बताए।
उनले हवाई उद्धारको यति ठूलो व्यवस्थित अभियान यसअघि विरलै भएको बताए । उनले राज्य यतिबेला सुरुङभित्र आफ्ना नागरिकको प्राण खोजिरहेको बताए ।
उनले भने, ‘राज्य यतिबेला त्यो कहालीलाग्दो भग्नावषेश र सुरुङभित्र आफ्ना नागरिकको प्राण खोजिरहेको छ । राज्य यतिबेला सर्वस्व गुमाएर खुला आकाशमुनी पुगेका आफ्ना दाजुभाइ तथा दिदीबहिनीको छाहरी बन्न दिनरात खटिएको छ । राज्य यतिबेला आफ्ना सीमा, स्रोतको अभाव र थकानलाई पन्छाएर नागरिकको जीवन रक्षाका लागि ढाल बनेर उभिएको छ ।’
ताजा अपडेट
-
मकवानपुरगढ़ीमा लालपुर्जा वितरण, ६ सुकुम्बासी परिवार बने जग्गाधनी
-
‘सोच्दा मात्र पनि मुटु दुख्छ, आङ सिरिङ्ग हुन्छ, भोग्नेलाई कस्तो हुन्छ होला ?’
-
हवाई उद्धारको यति ठूलो व्यवस्थित अभियान यसअघि विरलै भएको थियोः रवि लामिछाने
-
भोटेकोशी बाढी प्रभावित परिवारको अस्थायी बसोबास व्यवस्थापन गर्न सर्वेक्षण सुरु
-
रसुवा बाढीपहिरो : मृत्यु हुनेको संख्या १,३६७ पुग्यो, ५ हजारभन्दा बढी अझै सम्पर्कविहीन


प्रतिक्रिया