NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ भदौ ३१ गते

रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ।

रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार बैठक बुधबार बिहान ११ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्नेछ।

बैठकमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा छलफल हुने बताइएको छ। साथै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनलगायत समसामयिक विषयमा पनि दलहरूबीच छलफल हुने खरेलले जानकारी दिए।

लामिछानेले यसअघि पनि विपद् व्यवस्थापन तथा प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनालगायत विषयमा सर्वदलीय छलफल गर्दै आएका छन्।