यस वर्षको आर्थिक वृद्धिदर ५.८४ प्रतिशत हुने प्रक्षेपण
चालु आर्थिक वर्ष ०७८/७९ को आर्थिक वृद्धिदर ५.८४ प्रतिशत हुने केन्द्रीय तथ्यांक विभागले प्रक्षेपण गरेको छ । तथ्यांक विभागले बिहीबार पत्रकार सम्मेलन गर्दै यस्तो प्रक्षेपण गरेको हो ।
आर्थिक वर्ष सकिन तीन महिनामात्रै बाँकी रहेको छ । बाँकी तीन महिनाको अवधिमा ठूलो असर नआउने र कोभिड(१९ को असर पनि कम भएका आधारमा यस्तो अनुमान गरिएको विभागले बताएको छ ।
यस भन्दा अघि गत फागुनमा राष्ट्रिय स्रोत अनुमान समितिले आगामी तीन वर्षको राष्ट्रिय स्रोतको अनुमान तथा खर्चको सीमा निर्धारण गरिसकेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.विश्वानथ पौडेलको संयोजकत्वमा रहेको समितिले अनुमान तथा खर्चकोे सीमा निर्धारण गरेको थियो।
समितिले चालु आव ०७८/७९ मा ६.५ प्रतिशत बढ्ने अनुमान गरेको छ । त्यस्तै आव २०८०/८१ मा ६.९ प्रतिशत र २०८१/८२ मा ६.५ प्रतिशतले बढ्ने अनुमान गरेको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया