यस वर्षको आर्थिक वृद्धिदर ५.८४ प्रतिशत हुने प्रक्षेपण
चालु आर्थिक वर्ष ०७८/७९ को आर्थिक वृद्धिदर ५.८४ प्रतिशत हुने केन्द्रीय तथ्यांक विभागले प्रक्षेपण गरेको छ । तथ्यांक विभागले बिहीबार पत्रकार सम्मेलन गर्दै यस्तो प्रक्षेपण गरेको हो ।
आर्थिक वर्ष सकिन तीन महिनामात्रै बाँकी रहेको छ । बाँकी तीन महिनाको अवधिमा ठूलो असर नआउने र कोभिड(१९ को असर पनि कम भएका आधारमा यस्तो अनुमान गरिएको विभागले बताएको छ ।
यस भन्दा अघि गत फागुनमा राष्ट्रिय स्रोत अनुमान समितिले आगामी तीन वर्षको राष्ट्रिय स्रोतको अनुमान तथा खर्चको सीमा निर्धारण गरिसकेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.विश्वानथ पौडेलको संयोजकत्वमा रहेको समितिले अनुमान तथा खर्चकोे सीमा निर्धारण गरेको थियो।
समितिले चालु आव ०७८/७९ मा ६.५ प्रतिशत बढ्ने अनुमान गरेको छ । त्यस्तै आव २०८०/८१ मा ६.९ प्रतिशत र २०८१/८२ मा ६.५ प्रतिशतले बढ्ने अनुमान गरेको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया