राष्ट्रियसभा बैठक आज बस्दै: प्रधानमन्त्री शाहले प्रतिवेदन पेस गर्ने
काठमाडौं। संघीय संसद्, राष्ट्रियसभाको बैठक आज अपराह्न १:१५ बजे सिंहदरबारमा बस्दैछ।
आजको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा जानकारी गराउने मुख्य कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ। त्यसैगरी, बैठकमा कानुन, न्याय तथा संसदीय मामिला, शिक्षा तथा खेलकुद र कृषि, वन तथा पर्यावरण मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिनेछन्।
बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०८०/८१ तथा २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ।
साथै, राष्ट्रियसभा सदस्य मदनकुमारी शाह (गरिमा)ले ‘सहायक प्रजनन प्रविधिको प्रयोग नियमन गर्न कानुन निर्माणसम्बन्धी’ संकल्प प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
ताजा अपडेट
-
पाँच निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा
-
भोटेकोशी बाढी: ६७७ मजदुर सम्पर्कविहीन, ५१५ ट्रक तथा कन्टेनर हराए
-
बाढी प्रभावित अस्थायी बसोबासतर्फ, छोड्दै होल्डिङ सेन्टर
-
राष्ट्रियसभा बैठक आज बस्दै: प्रधानमन्त्री शाहले प्रतिवेदन पेस गर्ने
-
आज चार वटा संसदीय समितिको बैठक बस्दै


प्रतिक्रिया