नवीन सोचसहित स्वदेशमै रोजगारी सिर्जना गर्न जेन–जी पुस्ताका सांसदलाई प्रधानमन्त्रीको आग्रह
काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले जेन–जी उमेर समूहका सांसदहरूलाई नवीन सोचका साथ आफ्नै पुस्ताका लागि स्वदेशमै रोजगारी तथा अवसर सिर्जना गर्न आग्रह गरेका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार जेन–जी उमेर समूहका सांसदहरूसँग आयोजित अन्तरक्रियामा प्रधानमन्त्री शाहले जनजीविकाका आधारभूत समस्या समाधानसँगै युवापुस्तालाई आत्मनिर्भर बनाउन अग्रसर हुन आग्रह गरेका हुन्। उनले यसका लागि स्थलगत अध्ययन तथा अनुसन्धान गर्ने, सूचना प्रविधिको उच्चतम प्रयोग गर्ने, समस्या समाधानमुखी व्यवहार अपनाउने तथा पुराना र अव्यावहारिक सोच त्याग्न सुझाव दिए।
प्रधानमन्त्री शाहले राजनीतिलाई मात्र पेसा नबनाई आम्दानीको छुट्टै व्यावसायिक आधार खडा गर्न पनि सांसदहरूलाई आग्रह गरे। दीर्घकालीन रूपमा आत्मनिर्भर बन्न र अरूका लागि प्रेरणाको स्रोत बन्नुपर्नेमा उनले जोड दिए।
अन्तरक्रियामा सहभागी जेन–जी उमेर समूहका सांसदहरूले प्रधानमन्त्रीको आग्रहलाई अभिभावकीय मार्गदर्शनका रूपमा लिँदै आफ्नै पुस्तालाई आत्मनिर्भर बनाउन तथा स्वदेशमै अवसर सिर्जना गर्ने कार्यमा जुट्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
ताजा अपडेट
-
नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ
-
यस्ता छन् आजको मन्त्रिपरिषद् बैठकका ५ निर्णय
-
नवीन सोचसहित स्वदेशमै रोजगारी सिर्जना गर्न जेन–जी पुस्ताका सांसदलाई प्रधानमन्त्रीको आग्रह
-
प्रधानमन्त्री शाह २२ सेप्टेम्बरमा न्यूयोर्क जाँदै, प्रतिनिधिमण्डलमा को-को?
-
स्वास्थ्य बीमाअन्तर्गत जेठ महिनाको १ अर्ब ४५ करोड भुक्तानी


प्रतिक्रिया