NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ असोज ६ गते

रविले दिए बालेनलाई शुभकामना, भने– भ्रमण अर्थपूर्ण र सफल होस्

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछानेले प्रधानमन्त्री वालेन्द्र(बालेन) शाहलाई शुभकामना दिएका छन्। संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्न मंगलबार साँझ संयुक्त राज्य अमेरिका प्रस्थान गरेका प्रधानमन्त्री शाहलाई रास्वपा सभापति लामिछानेले शुभकामना दिएका हुन्।

सभापति लामिछानेले नेपालको राष्ट्रिय हित र सरोकारका सबै विषयहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा प्रस्तुत गर्न सुझाव दिँदै भ्रमण अर्थपूर्ण र सफल होस् भन्ने शुभकामना दिए।

लामिछानेले लेखेका छन्,‘नेपालको राष्ट्रिय हित र हाम्रा सरोकारका सबै विषयहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा प्रस्तुत गर्न यो भ्रमण अर्थपूर्ण र सफल होस्।शुभेच्छासहित स–प्रेम शुभकामना।’

ताजा अपडेट

नेपालवाच विशेष