NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ असोज ७ गते

विश्वव्यापी निर्णय प्रक्रियामा ग्लोबल साउथको आवाजलाई केन्द्रमा राख्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले ग्लोबल साउथका मुलुकलाई सशक्त बनाएर बहुपक्षीयतालाई थप प्रभावकारी बनाउन सकिने बताएका छन्।

संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको अवसरमा भारत सरकारद्वारा आयोजित समान विचारधारा भएका ग्लोबल साउथ मुलुक तथा मित्र राष्ट्रहरूको उच्चस्तरीय मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै मन्त्री खनालले विश्वव्यापी निर्णय प्रक्रियामा ग्लोबल साउथका मुलुकहरूको आवाजलाई केन्द्रमा राख्नुपर्ने बताएका हुन् ।

उनले ग्लोबल साउथसँग विश्वव्यापी रूपान्तरण ल्याउन सक्ने ठूलो सम्भावना रहेको उल्लेख गर्दै विश्वव्यापी निर्णय प्रक्रियामा यी मुलुकहरूको आवाजलाई प्रभावकारी रूपमा स्थापित गर्नुपर्नेमा जोड दिए।

मन्त्री खनालले थप न्यायपूर्ण, प्रतिनिधिमूलक र समतामूलक विश्वव्यापी शासन संरचना निर्माणका लागि सामूहिक प्रतिबद्धता आवश्यक रहेको बताए। त्यसका लागि दक्षिण–दक्षिण सहकार्यलाई थप सुदृढ बनाउनुपर्ने उनको भनाइ छ।
‘ग्लोबल साउथलाई सशक्त बनाएर हामी बहुपक्षीयतालाई नै पुनर्जीवित गर्न सक्छौँ,’ उनले भने।

ताजा अपडेट

नेपालवाच विशेष