पृथ्वी राजमार्गमा राति सवारी आवागमनमा धादिङ प्रशासनले लगायो रोक
काठमाडौँ। भारी वर्षाका कारण बाढी, पहिरो र डुबानको जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय धादिङले पृथ्वी राजमार्गमा राति सवारी आवागमन रोक्ने निर्णय गरेको छ।
कार्यालयले जारी गरेको अत्यन्त जरुरी सूचना अनुसार २०८३ असोज ८ गते बेलुका ८ बजेदेखि असोज ९ गते बिहान ५ बजेसम्म पृथ्वी राजमार्ग भएर चल्ने सबै सवारीसाधनको आवागमन पूर्ण रूपमा रोकिनेछ।
मौसममा आएको परिवर्तनका कारण धादिङ र आसपासका क्षेत्रमा निरन्तर वर्षा भइरहेको र आगामी केही दिन भारीदेखि अति भारी वर्षा हुन सक्ने सम्भावना रहेको सूचनामा उल्लेख छ। यात्रु तथा सवारीसाधनको सुरक्षालाई ध्यानमा राखेर रातिको समयमा आवागमन रोकिएको प्रशासनले जनाएको छ।
प्रशासनले यात्रा गर्नुअघि मौसम र सडकको अवस्था बुझ्न, जोखिमयुक्त स्थानमा नजान तथा सम्बन्धित निकायले जारी गर्ने सुरक्षा निर्देशन पालना गर्न अनुरोध गरेको छ।

ताजा अपडेट
-
hello world
-
वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह
-
सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने
-
पूर्वराष्ट्रपति भण्डारी एमालेको वरिष्ठ नेतामा प्रस्तावित
-
पृथ्वी राजमार्गमा राति सवारी आवागमनमा धादिङ प्रशासनले लगायो रोक
-
ताप्लेजुङको मेरिङदेनमा भीषण आगलागी, १० घर जलेर नष्ट


प्रतिक्रिया