बेहुला साथीहरूसँग नाच्न व्यस्त, बेहुलीले अर्कैसँग विवाह गरिन्
काठमाडौं । एक युवकलाई आफ्नै विवाहमा साथीभाइसँग नाच्नु निकै महंगो परेको छ । भारतको महाराष्ट्र राज्यको बुलढाना जिल्लाको मलकापुर पंगरा गाउँमा भएको यस घटनामा बेहुलाले साथीसँग नाचेकै कारण बेहुली गुमाए ।
विवाहकाे दिन उनी समयमै बेहुलीकाे घरमा पुग्न सकेनन् । उनी धेरै बेरसम्म आफ्ना साथीहरुसँग नाच्न व्यस्त थिए ।
बेहुला नाच्न व्यस्त भएपछि विवाहको कर्मकाण्ड गर्न ढिलो भइरहेको थियो । बेहुलालाई पर्खिएर बसेकी बेहुली प्रियंका निराश भइन् र अर्कै व्यक्तिसँग विवाह गर्ने निर्णय गरिन् । विवाह गर्न ढिलो भएपछि माइतीपक्षले विवाह स्थगित गरे । विवाहको पूजा ४ बजे सुरु हुने भनिएको थियो तर जन्ति ८ बजे राति पुगेका थिए ।
बेहुलीकी आमा मालती गवईले बेहुलासहित उनका साथीहरुले मदिरा सेवन गरेर होसमा नभएको अवस्थामा त्यहाँ पुगेको बिबिसी हिन्दीसँग बताइन् । विवाह नभए समाजमा बेइज्जत हुने भएकाले अरु नै कसैसँग विवाह गर्ने निर्णय गाउँको पञ्चायत गरेको थियो ।
बिहेको मण्डपबाट निकालिएपछि पहिलो बेहुलाले भोलिपल्ट अर्कै युवतीसँग धूमधामसँग बिहे गरे । बिहेपछि बेहुलाले भने, ‘भगवानले जोडी बनाउँछन् ।’
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया