बेहुला साथीहरूसँग नाच्न व्यस्त, बेहुलीले अर्कैसँग विवाह गरिन्
काठमाडौं । एक युवकलाई आफ्नै विवाहमा साथीभाइसँग नाच्नु निकै महंगो परेको छ । भारतको महाराष्ट्र राज्यको बुलढाना जिल्लाको मलकापुर पंगरा गाउँमा भएको यस घटनामा बेहुलाले साथीसँग नाचेकै कारण बेहुली गुमाए ।
विवाहकाे दिन उनी समयमै बेहुलीकाे घरमा पुग्न सकेनन् । उनी धेरै बेरसम्म आफ्ना साथीहरुसँग नाच्न व्यस्त थिए ।
बेहुला नाच्न व्यस्त भएपछि विवाहको कर्मकाण्ड गर्न ढिलो भइरहेको थियो । बेहुलालाई पर्खिएर बसेकी बेहुली प्रियंका निराश भइन् र अर्कै व्यक्तिसँग विवाह गर्ने निर्णय गरिन् । विवाह गर्न ढिलो भएपछि माइतीपक्षले विवाह स्थगित गरे । विवाहको पूजा ४ बजे सुरु हुने भनिएको थियो तर जन्ति ८ बजे राति पुगेका थिए ।
बेहुलीकी आमा मालती गवईले बेहुलासहित उनका साथीहरुले मदिरा सेवन गरेर होसमा नभएको अवस्थामा त्यहाँ पुगेको बिबिसी हिन्दीसँग बताइन् । विवाह नभए समाजमा बेइज्जत हुने भएकाले अरु नै कसैसँग विवाह गर्ने निर्णय गाउँको पञ्चायत गरेको थियो ।
बिहेको मण्डपबाट निकालिएपछि पहिलो बेहुलाले भोलिपल्ट अर्कै युवतीसँग धूमधामसँग बिहे गरे । बिहेपछि बेहुलाले भने, ‘भगवानले जोडी बनाउँछन् ।’
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया