NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ असोज ९ गते

बिहानैदेखि देशका अधिकांश भागमा वर्षा, धेरै स्थानमा भारीदेखि धेरै भारी वर्षा

काठमाडौँ – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले शुक्रबार बिहानैदेखि देशका विभिन्न भागमा भारीदेखि धेरै भारी वर्षा भइरहेको जनाएको छ। महाशाखाले जारी गरेको ताजा मौसमी बुलेटिन अनुसार कोशी, बागमती तथा गण्डकी प्रदेशका धेरै स्थानहरूमा मध्यमदेखि भारी वर्षा दर्ता भएको छ।

यसैगरी लुम्बिनी प्रदेशका थोरै स्थान र मधेश प्रदेशका एक-दुई स्थानमा समेत भारीदेखि धेरै भारी वर्षा भइरहेको छ भने देशका बाँकी अधिकांश भूभागमा हल्कादेखि मध्यम वर्षा जारी रहेको महाशाखाले जनाएको छ।

लगातारको वर्षाका कारण नदी तथा खोलाहरूमा जलसतह तीव्र रूपमा बढ्न सक्ने, पहिरो तथा डुबानको जोखिम उच्च रहने भएकाले जल तथा मौसम विज्ञान विभागले तटीय तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई विशेष पूर्वसतर्कता अपनाउन अपिल गरेको छ।

 

ताजा अपडेट

नेपालवाच विशेष