NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ असोज ९ गते

महासभा सम्बोधनको अन्त्यमा बालेनले भने– ‘पशुपतिनाथले विश्वको कल्याण गरुन्, विश्व बुद्धको बाटोमा हिँडोस्’

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै विश्व शान्ति र कल्याणको कामना गरेका छन्।

शुक्रबार महासभामा सम्बोधनको अन्त्यमा प्रधानमन्त्री शाहले नेपालको आध्यात्मिक तथा सांस्कृतिक पहिचानसँग जोडिएका भगवान् पशुपतिनाथ र गौतम बुद्धको सन्देशलाई विश्व शान्तिसँग जोडे।

उनले भने, ‘भगवान् पशुपतिनाथले विश्वको कल्याण गरुन्। यो विश्व बुद्धले देखाएको बाटोमा हिँड्न सकोस्। धन्यवाद, नमस्ते।’

प्रधानमन्त्री शाहले पशुपतिनाथको आशीर्वाद र बुद्धले देखाएको शान्तिको मार्गबाट विश्व अघि बढ्नुपर्ने सन्देश दिँदै आफ्नो सम्बोधन टुंग्याएका हुन्।

ताजा अपडेट

नेपालवाच विशेष