नेपाल र रुवान्डाबीच ‘जेनेरल काेअपरेसन अग्रिमेट’ मा हस्ताक्षर
काठमाडाैँ। नेपाल र रुवान्डाबीच ‘जेनेरल काेअपरेसन अग्रिमेट’ मा हस्ताक्षर भएको छ । संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा न्युयोर्कमा आयोजित साइडलाइन कार्यक्रममा नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र रुवान्डाका परराष्ट्र तथा अन्तर्राष्ट्रिय सहयोगमन्त्री ओलिभियर जाँ प्याट्रिक न्दुहुन्गिरेहेले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
सम्झौताले नेपाल र रुवान्डाबीच द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउँदै पारस्परिक हितका विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्ने आधार तयार गर्ने अपेक्षा गरिएको छ ।
नेपाल र रुवान्डाबीच सन् २०१८ मा औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको थियो र दुवै मुलुक संयुक्त राष्ट्रसंघलगायत बहुपक्षीय मञ्चमा सहकार्य गर्दै आएका छन् ।
सम्झौतामा हस्ताक्षरसँगै नेपाल–रुवान्डा सम्बन्धलाई थप संस्थागत गर्दै आपसी सहयोगका नयाँ क्षेत्र पहिचान र विस्तार गर्ने अवसर सिर्जना भएको छ ।
ताजा अपडेट
-
hello world
-
नेपाली कांग्रेसले १५औँ महाधिवेशनका लागि १५ समिति गठन
-
नेपाल र रुवान्डाबीच ‘जेनेरल काेअपरेसन अग्रिमेट’ मा हस्ताक्षर
-
भारी वर्षाको जोखिमका आधारमा विभिन्न जिल्लामा सवारी आवागमन बन्द गरिने
-
Come selezionare casino online non AAMS sicuri e affidabili per divertirsi
-
Casino Online Non Certificati AAMS: Le Opzioni Migliori per Italiani che Giocano nel 2024


प्रतिक्रिया