NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ असोज ९ गते

भारी वर्षाको जोखिमका आधारमा विभिन्न जिल्लामा सवारी आवागमन बन्द गरिने

काठमाडौं । भारी, धेरै भारी तथा अतिभारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै सरकारले जोखिमको स्तरअनुसार विभिन्न जिल्लामा सवारी आवागमन बन्द गर्ने भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मौसम विज्ञान विभागको चेतावनीका आधारमा आज रातिदेखि असोज १३ गतेसम्म सवारी आवागमन व्यवस्थापन गर्न आग्रह गरेको हो ।

प्राधिकरणका अनुसार रातो रंगले संकेत गरिएका जिल्लामा पूर्ण रूपमा सवारी साधन सञ्चालन बन्द गरिनेछ । सुन्तला रंगले संकेत गरिएका जिल्लामा रातको समयमा सवारी आवागमन बन्द गरिनेछ भने दिउँसोको समयमा सडक तथा मौसमको अवस्था हेरेर जिल्ला मनसुन प्रतिकार्य कमाण्ड पोष्टले निर्णय लिनेछ ।

त्यस्तै, पहेँलो रंगले संकेत गरिएका जिल्लामा सतर्कता अपनाउन आग्रह गरिएको छ । मौसम विज्ञान विभागले शुक्रबार अपराह्न ४ः४३ बजे जारी गरेको चेतावनीअनुसार आज रातिदेखि असोज १३ गते मंगलबारसम्म विभिन्न जिल्लामा भारी वर्षाको जोखिम रहेको छ ।