क्वाड नेताहरुको शिखर सम्मेलन मेमा हुने
काठमाडौं । क्वाड राष्ट्रहरूका नेताहरूको शिखर सम्मेलन मे २४ मा टोकियोमा हुने भएको छ । यसमा अमेरिका, अष्ट्रेलिया, जापान र भारतका नेताहरु उपस्थित हुनेछन् ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले मे २२-२४ मा जापानको भ्रमण गर्नेछन् । सोही सन्दर्भमा उनले मे २३ मा ‘जापानी प्रधानमन्त्री फुमियोे किशिदालाई भेट्नेछन् र क्वाड राष्ट्रका नेताहरूको शिखर सम्मेलनमा सहभागी हुनेछन् ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले मे २०-२४ मा दक्षिण कोरिया र जापानको भ्रमण गर्छन्, जसले अमेरिका र दुई राष्ट्रहरू बीचको सहयोगलाई बढावा दिने ह्वाइट हाउसले बुधबार घोषणा गरेको छ ।
टोकियोमा बाइडेनले अष्ट्रेलिया, जापान, भारत र अमेरिकाका क्वाड समूहका नेताहरूसँग पनि भेट गर्नेछन् ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया