क्वाड नेताहरुको शिखर सम्मेलन मेमा हुने

काठमाडौं । क्वाड राष्ट्रहरूका नेताहरूको शिखर सम्मेलन मे २४ मा टोकियोमा हुने भएको छ । यसमा अमेरिका, अष्ट्रेलिया, जापान र भारतका नेताहरु उपस्थित हुनेछन् ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले मे २२-२४ मा जापानको भ्रमण गर्नेछन् । सोही सन्दर्भमा उनले मे २३ मा ‘जापानी प्रधानमन्त्री फुमियोे किशिदालाई भेट्नेछन् र क्वाड राष्ट्रका नेताहरूको शिखर सम्मेलनमा सहभागी हुनेछन् ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले मे २०-२४ मा दक्षिण कोरिया र जापानको भ्रमण गर्छन्, जसले अमेरिका र दुई राष्ट्रहरू बीचको सहयोगलाई बढावा दिने ह्वाइट हाउसले बुधबार घोषणा गरेको छ ।
टोकियोमा बाइडेनले अष्ट्रेलिया, जापान, भारत र अमेरिकाका क्वाड समूहका नेताहरूसँग पनि भेट गर्नेछन् ।
प्रतिक्रिया