संघीय निजामती सेवा विधेयक संसद्मा दर्ता, ५५ वर्षमै अवकाशको प्रस्ताव (पूर्णपाठसहित)
काठमाडौं । संघीय निजामती सेवा विधेयक प्रतिनिधिसभामा दर्ता भएको छ। भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले विधेयक संसद्मा पेस गरेकी हुन्।
विधेयकमा कर्मचारीले ५५ वर्ष उमेर पूरा गरेपछि वा ३० वर्ष सेवा अवधि पूरा गरेपछि अनिवार्य अवकाश पाउने व्यवस्था प्रस्ताव गरिएको छ। ५५ वर्षमै अवकाश लिने कर्मचारीलाई ५८ वर्षको सेवा अवधि मानेर पेन्सन सुविधा उपलब्ध गराउने प्रस्तावसमेत विधेयकमा समेटिएको छ।
त्यस्तै, सरकारी सेवाबाट अवकाश वा राजीनामा दिएका कर्मचारीले अर्को सरकारी वा सार्वजनिक नियुक्ति लिनुअघि दुई वर्षको ‘कुलिङ पिरियड’ पूरा गर्नुपर्ने प्रावधान प्रस्ताव गरिएको छ।
विधेयकमा संघीय निजामती सेवाको गठन, कर्मचारीको नियुक्ति, सेवा सर्त, सरुवा, बढुवा, अवकाश तथा पेन्सनलगायतका विषय समेटिएका छन्।
हेर्नुहोस् संघीय निजामती सेवा विधेयकको पूर्णपाठ–
ताजा अपडेट
-
संघीय निजामती सेवा विधेयक संसद्मा दर्ता, ५५ वर्षमै अवकाशको प्रस्ताव (पूर्णपाठसहित)
-
राष्ट्रपति पौडेलद्वारा शुक्रबार राति १२ बजेदेखि लागुहुने गरी दुवै सदनको चालु अधिवेशन अन्त्य
-
महिला कर्मचारीलाई महिनावारी बिदा प्रस्ताव, संघीय निजामती विधेयक संसद्मा
-
रसुवा बाढीले क्षतिग्रस्त गल्छी–बेत्रावती सडकमा ट्रयाक खुल्यो, आवतजावत सुरु
-
कांग्रेस विरोधी गतिविधिमा संलग्नलाई अनुशासन समितिले कारबाही गर्ने


प्रतिक्रिया