बजार अनुगमनमा चालमलगायत सामान जफत, नगद जरिवाना, अखाद्य वस्तु नष्ट

भक्तपुर । जिल्ला प्रशासन कार्यालय र जिल्ला घरेलु कार्यालयको नेतृत्वमा आज भक्तपुरको चाँगुनारायण नगरपालिका-२ दुवाकोट क्षेत्रको खाद्यान्न, किराना तथा मासु पसलमा गरिएको अनगुमनमा म्याद गुज्रेका सामान बिक्रीमा राखेको पाइएको छ ।
अनुगमनमा म्याद गुज्रेको, लेबलिङ नभएका खाद्य सामग्री जफत गरी नष्ट गरिएको अनुगमन समितिका संयोजक एवं जिल्ला प्रशासन कार्यालय भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले जानकारी दिए । अनुगमनमा चाँगुनारायण–२ रहेको देवी खाद्य उद्योगमा म्याद नाघेको ओखर, चाउचाउ, चकलेट जफत गरी नष्ट गरिएको छ ।
त्यस्तै संग्रिना स्टोरमा गरिएको अनुमगनमा म्याद नाघेको चाकु, बम, पप, सन गोल्ड बेस, तासलगायतका सामग्री जफत गरी नष्ट गरेको छ । दुवाकोटकै नारायणी खाद्य उद्योगमा गरिएको अनुगमनमा म्याद गुज्रिएको १५५० मा बिक्री गर्ने गृहणी चामल ६ बोरा जफत गरिएको छ । यस पसलबाट अमिलोलगायत अन्य सामानसमेत जफल गरी नष्ट गरी पाँच हजार जरिवाना गरिएको सहायक प्रजिअ शर्माले जानकारी दिए ।
त्यस्तै केएमसी किराना पसलमा मूल्य सूची नराखेको, म्याद गुज्रेका र बिक्री गर्ने सामान एकै ठाउँमा राखेको, बोर्ड नराखको पाइएको तथा म्याद गुज्रेको चिउरा जफत गरी नष्ट गरिएको छ । अनुगमनकै क्रममा च्वांगा गणेश मिट सपमा फ्रोजन माछा, प्राउन, बफ सलामी जफत गरिएको जानकारी दिए ।
उनले अधिकांश पसलले म्याद गुज्रेका अखाद्य सामान बिक्रीमा राखिएको, पसल नवीकरण नगरिएको, मूल्य सूची नराखिएको, ढक तराजु नवीकरण नगरिएको, लेबलिङ र मिति नभएका सामान बिक्रीका लागि राखिएको, मूल्य सूची अद्यावधिक नगरेको पाइएको शर्माले जानकारी दिए ।
अनुगमनमा घरेलु तथा साना उद्योग कार्यालय भक्तपुरका प्रमुख उमेशकुमार दाहालले बजार अनुगमन नियमित रुपमा गरिएको बताए । उपभोक्ता मञ्चका अध्यक्ष मनोजकुमार थापा, उद्योग वाणिज्य संघका विश्व दुवाल, यादवप्रसाद मिश्र, प्रहरीबाट प्रकाश घिमिरे, सुदन केसी, सञ्जिव न्यौपाने, हरिदत्त जोशी, पत्रकारलगायतको टोलीले अनुगमन गरेका थिए ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया