NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ असोज २० गते

कांग्रेस महाधिवेशन : उम्मेदवारी मनोनयनको समय दुई घण्टा थप

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ताको समय दुई घण्टा थप गरिएको छ।

केन्द्रीय निर्वाचन समितिले मंगलबार सूचना जारी गर्दै यसअघि दिउँसो ४ बजेसम्म निर्धारण गरिएको मनोनयन दर्ताको समय बढाएर साँझ ६ बजेसम्म पुर्‍याएको जनाएको हो।

समितिका अनुसार अब महाधिवेशन प्रतिनिधिहरूले मंगलबार साँझ ६ बजेसम्म केन्द्रीय कार्यसमितिका विभिन्न पदका लागि उम्मेदवारी मनोनयनपत्र दाखिला गर्न सक्नेछन्।

निर्धारित समयभित्र प्रक्रिया पूरा गर्न समितिले महाधिवेशन प्रतिनिधिहरूलाई आग्रह गरेको छ।

ताजा अपडेट

नेपालवाच विशेष