असोज २३ देखि दशैंका लागि अग्रिम टिकट बुकिङ खुल्ने
काठमाडौं । दशैं तथा तिहारलाई लक्षित गर्दै असोज २३ गतेदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरिने भएको छ।
यातायात व्यवस्था विभागमा यातायात व्यवसायी तथा सरोकारवालाबीच भएको संयुक्त बैठकले असोज २३ देखि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो। अग्रिम टिकट बुकिङ नखुलेका कारण अन्योलमा रहेका यात्रुलाई यस निर्णयले सहज हुने अपेक्षा गरिएको छ।
चाडपर्वको अवधिमा देशभर सञ्चालन हुने सार्वजनिक सवारीसाधनका लागि रुट परमिट आवश्यक नपर्ने व्यवस्था पनि गरिएको छ। यसले दशैंका बेला यात्रुको चापअनुसार विभिन्न रुटमा सवारीसाधन सञ्चालन गर्न सहज हुने बताइएको छ।
यसैबीच, चाडपर्वका समयमा काठमाडौं उपत्यकाभित्र हुने तथा उपत्यकाबाट बाहिरिने सडकमा ट्राफिक जाम कम गर्न अत्यावश्यक ढुवानीका साधनबाहेक अन्य ठूला सवारीसाधनलाई काठमाडौं आवतजावतमा रोक लगाउने निर्णय गरिएको छ।
खाद्यान्न, औषधि, इन्धन, दूधलगायत अत्यावश्यक सामग्री बोकेका सवारीसाधन भने उक्त प्रतिबन्धबाट प्रभावित हुने छैनन्।
ताजा अपडेट
-
असोज २३ देखि दशैंका लागि अग्रिम टिकट बुकिङ खुल्ने
-
१३ प्रस्तावित राजदूतको सुनुवाइ २६ देखि २८ असोजसम्म
-
कांग्रेस महाधिवेशन : उम्मेदवारी मनोनयनको समय दुई घण्टा थप
-
कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ताका लागि यी कागजात अनिवार्य
-
समावेशी समूहबाट कांग्रेस उपसभापतिमा विनोद चौधरीको उम्मेदवारी


प्रतिक्रिया