कांग्रेस महाधिवेशन : उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक (सूचीसहित)
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पदाधिकारीसहित विभिन्न पदमा परेको उम्मेदवारीको प्रथम नामावली सार्वजनिक भएको छ ।
केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको विवरणअनुसार १९ जना निर्वाचित हुने पदाधिकारीका लागि ७९ जनाले उम्मेदवारी दिएका छन् ।
कांग्रेसको विधानअनुसार सभापति, वरिष्ठ उपसभापति, चार उपसभापति, तीन महामन्त्री, १५ सहमहामन्त्री र एक कोषाध्यक्ष गरी २४ पदाधिकारी रहने व्यवस्था छ । त्यसमध्ये चार सहमहामन्त्री र कोषाध्यक्ष सभापतिले मनोनयन गर्ने भएकाले १९ जना पदाधिकारी निर्वाचनबाट चयन हुनेछन् ।
सभापति पदका लागि वर्तमान सभापति गगन थापा, पूर्वसहमहामन्त्री किशोरसिंह राठोर र श्यामकृष्ण खड्गीले उम्मेदवारी दिएका छन् ।
वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको एकल उम्मेदवारी परेको छ । त्यस्तै, महिला उपसभापति पदमा पुष्पा भुसालको पनि एकल उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । शर्मा र भुसाल दुवै हाल पार्टीका उपसभापति हुन् ।
प्रथम नामावलीउपर दाबी–विरोध गर्न आज बिहान १० बजेदेखि १२ बजेसम्मको समय तोकिएको छ । दाबी–विरोधमाथि आवश्यक प्रक्रिया पूरा गरेपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।
यस्तो छ सूची :
ताजा अपडेट
-
कांग्रेसको बन्द सत्रमा सबैलाई प्रवेश खुला, प्रत्यक्ष प्रसारण हुने
-
मधेस विश्वविद्यालयद्वारा तीनवटा शैक्षिक कार्यक्रम विस्तार
-
मालढुंगा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने
-
कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दैछन् ?
-
बाढी र पहिरोका कारण विभिन्न राजमार्ग तथा सडकखण्ड प्रभावित


प्रतिक्रिया