दसैँका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुला
काठमाडौं- दसैँ मनाउन घर जाने यात्रुहरूका लागि आजदेखि लामो दुरीका सवारी साधनको अग्रिम टिकट बुकिङ खुला गरिएको छ। बुकिङ सुरु भएसँगै काठमाडौंको नयाँ बसपार्कमा टिकट लिन यात्रुहरूको भीड लागेको छ।
यातायात व्यवस्था विभाग, नेपाल प्रहरी, यातायात व्यवसायी र मजदुर संगठनका प्रतिनिधिहरूबीच असोज २० गते बसेको बैठकले असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार आजदेखि देशभरका लामो दुरीका रुटमा चल्ने सवारी साधनका लागि अग्रिम बुकिङ सुरु भएको हो।
यात्रुहरूको चापलाई मध्यनजर गर्दै ल्होत्से बहुउद्देश्यीय प्रालिले नयाँ बसपार्क क्षेत्रमा १५ वटा थप टिकट काउन्टर सञ्चालनमा ल्याएको छ।
ताजा अपडेट
-
९.७७ प्रतिशतले बढ्यो त्रिविको बजेट, कुन शीर्षकमा कति ?
-
भोटेकोशी बाढी अपडेट : १ हजार ४५७ जनाको शव फेला
-
कांग्रेसको १५ औँ महाधिवेशन मतदान शुरू, ३ बजेसम्म मतदान हुने, आजै मतगणता थाल्ने तयारी
-
गगन थापाको मतदातासँग आग्रह : मेरो नाम जोडिएका उम्मेदवारको सूचीबाट भ्रममा नपरौँ, नपारौँ
-
दसैँका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुला


प्रतिक्रिया