NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ असोज २६ गते

नारायणगढ बजार व्यवस्थित बनाउन टास्क फोर्स सक्रिय

चितवन। चाडपर्वका समयमा हुने भीडभाड र अव्यवस्थित गतिविधि नियन्त्रण गरी नारायणगढ बजार व्यवस्थित बनाउन बजार व्यवस्थापन कार्यदल (टास्क फोर्स) सक्रिय भएको छ।

टास्क फोर्सले बजार व्यवस्थापन, शान्ति–सुरक्षा, सवारी आवागमन र बजार अनुगमनलाई प्रभावकारी बनाउन सरोकारवाला निकायसँग समन्वय गरिरहेको छ ।

कार्यदलका संयोजक एवं चितवन उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओलीका अनुसार ठेला तथा पोके व्यापारीका कारण आवागमनमा हुने समस्या समाधान गर्न सम्बन्धित निकायसँग समन्वय भइरहेको छ ।

टास्क फोर्सले ठेला तथा पोके व्यापारलाई तोकिएको स्थानमा व्यवस्थित गर्ने, नियमित बजार अनुगमन गर्ने र ट्राफिक व्यवस्थापनमा सहजीकरण गर्ने कामलाई प्राथमिकता दिएको छ।

भरतपुर महानगरपालिकाको बजार क्षेत्र व्यवस्थित बनाउने उद्देश्यले गत जेठमा चितवन उद्योग वाणिज्य सङ्घको अगुवाइमा सरोकारवालाबीच अन्तरक्रिया गरिएको थियो । त्यस क्रममा सवारी चाप, अव्यवस्थित पार्किङ, फुटपाथ अतिक्रमण र फोहोरमैला व्यवस्थापनलाई प्रमुख समस्याका रूपमा औँल्याइएको थियो ।

ती समस्या समाधान गर्न सङ्घका वरिष्ठ उपाध्यक्ष ओलीको संयोजकत्वमा १३ सदस्यीय टास्क फोर्स गठन गरिएको थियो । समितिमा ट्राफिक प्रहरी, प्रहरी र टोल विकास संस्थाका प्रतिनिधि सदस्य छन् ।

 

टास्क फोर्सले बजार व्यवस्थापन, सौन्दर्यीकरण, पार्किङ, फुटपाथ अतिक्रमण र फोहोरमैला व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम गर्दै आएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष