देउवाको गृहजिल्लाका प्रभावशाली नेता मल्लले दिए राजीनामा
काठमाडौं । नेपाली कांग्रेस डडेलधुराका पूर्वसभापति कर्णबहादुर मल्लले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका छन् ।
बिहीबार डडेल्धुरामा पत्रकार सम्मेलन गर्दै मल्लले प्रदेशसभा सदस्यबाट राजीनामा गर्ने घोषणा गरेका हुन् । डडेल्धुरा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला हो । कुनै समय देउवाको सचिवालयमा बसेर काम गरेका मल्लको सम्बन्ध केही वर्षयता देउवासँग बिग्रेको छ ।
एमालेसँग मिलेर आफ्नै उम्मेदवारविरूद्ध बागी उम्मेदवार उठाएको आरोप लगाउँदै पार्टीले मल्ललाई साधारण सदस्यसमेत नरहनेगरी निष्कासन गरेको थियो ।
नैतिकताको आधारमा पार्टीबाट प्रदेशसभा सदस्यमा बसिरहन आवश्यक नदेखिएकाले पदबाट राजीनामा दिएको उनले बताएका छन् ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया