टीकाका दिन मौसम सफा रहने, केही स्थानमा हल्का वर्षाको सम्भावना
काठमाडौं। मौसम पूर्वानुमान महाशाखाले बुधबार बिहान ८ बजे सार्वजनिक गरेको विवरणअनुसार आज देशका अधिकांश स्थानमा मौसम सफा रहनेछ। हाल देशका हिमाली र पहाडी भेगमा मौसम मुख्यतया सफा रहेको छ भने तराई, उपत्यका र खोँचका केही स्थानमा बिहान हुस्सु र कुहिरो लागेको छ।
महाशाखाका अनुसार दिउँसो पहाडी र हिमाली क्षेत्रमा आंशिक बदली हुनेछ भने तराईमा मौसम मुख्यतया सफा रहनेछ। कोसी र गण्डकी प्रदेशका हिमाली भेगका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
त्यस्तै आज राति कोसी र गण्डकी प्रदेशका हिमाली र पहाडी भेगमा आंशिक बदली हुने र बाँकी स्थानमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
ताजा अपडेट
-
विजयादशमी: देशभर मान्यजनबाट टीका र जमरा लगाउने क्रम जारी
-
दसैँको टीका र जमराको धार्मिक महत्व के हो?
-
टीकाका दिन मौसम सफा रहने, केही स्थानमा हल्का वर्षाको सम्भावना
-
भ्रष्टाचार र कुशासन हटाउन एकजुट हुन प्रधानमन्त्री शाहको आह्वान
-
रसुवा र नुवाकोटका धार्मिक तथा पर्यटकीय क्षेत्र भ्रमणका लागि सुरक्षित


प्रतिक्रिया