NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ कार्तिक ५ गते

विजयादशमीको टीका दिनभर लगाउन सकिने

काठमाडौं: बडादसैँको मुख्य दिन आज विजया दशमीका अवसरमा मान्यजनको हातबाट टीका र जमरा लगाउने क्रम सुरु भएको छ। नेपाल पञ्चांग निर्णायक विकास समितिले बिहान १०:२६ बजेको समयलाई टीका लगाउने उत्तम साइतका रूपमा सार्वजनिक गरेको थियो।

समितिका अनुसार विजया दशमी आफैँमा शुभ दिन भएकाले टीका ग्रहण गर्न दिनभर नै साइत जुर्नेछ। साइत खोज्नेहरूका लागि मात्र बिहानको समय तोकिएको हो। बिहान ८:४९ बजे दुर्गा विसर्जन गरेपछि सर्वसाधारणले टीका लगाउन थालेका छन्। घटस्थापनाका दिन राखिएको पूर्ण कलशको जलले अभिषेक गरेपछि मान्यजनबाट टीका र जमरा ग्रहण गर्ने परम्परा छ।

टीका लगाउन टाढा जानुपर्नेहरूले दुर्गा विसर्जनलगत्तै टीका सुरु गरेका थिए। टीका ग्रहण गरेपछि धेरै सर्वसाधारण काठमाडौँ बाहिर जाने क्रम पनि देखिएको छ। यससँगै काठमाडौँबाट चल्ने लामो तथा छोटो दुरीका सवारीसाधन फाट्टफुट्ट सञ्चालनमा रहेका छन्। विजया दशमीदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रूपमा टीका र जमरा लगाउने प्रचलन छ।

ताजा अपडेट

नेपालवाच विशेष