NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ कार्तिक ९ गते

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, त्रिवि मैदानमा तयारी पूरा

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण भोलि सोमबारदेखि सुरु हुँदैछ। प्रतियोगिताका लागि सबै तयारी पूरा भइसकेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।

यस पटकको प्रतियोगितामा कुल ८ टोलीले प्रतिस्पर्धा गर्नेछन्। उद्घाटन खेलमा गत संस्करणको विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स आमनेसामने हुनेछन्।

प्रतियोगिताको विजेताले १ करोड ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। त्यस्तै, उपविजेताले ८० लाख रुपैयाँ पाउनेछन्। तेस्रो स्थान हासिल गर्ने टोलीले ४० लाख र चौंथो हुने टोलीले ३० लाख रुपैयाँ प्राप्त गर्ने क्यानले जानकारी दिएको छ।

ताजा अपडेट

नेपालवाच विशेष