दशैँपछि खुल्यो बजार, सुनको मूल्य तोलामा ११ हजार ७०० रुपैयाँले घट्यो
काठमाडौं । दशैँ बिदापछि खुलेको नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ११ हजार ७०० रुपैयाँले घटेको हो।
मूल्य घटेसँगै आइतबार छापावाल सुन प्रतितोला २ लाख ७८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि गत कात्तिक २ गते सुनको मूल्य प्रतितोला २ लाख ९० हजार २०० रुपैयाँ कायम थियो।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला २३० रुपैयाँले घटेको छ। महासंघका अनुसार आइतबार चाँदी प्रतितोला ३ हजार ९५५ रुपैयाँमा झरेको हो। अघिल्लो कारोबार दिन कात्तिक २ गते चाँदीको मूल्य प्रतितोला ४ हजार १८५ रुपैयाँ थियो।
दशैँ बिदापछि खुलेको बजारमा सुन र चाँदी दुवैको मूल्यमा ठूलो गिरावट देखिएको हो।
ताजा अपडेट
-
दशैँपछि खुल्यो बजार, सुनको मूल्य तोलामा ११ हजार ७०० रुपैयाँले घट्यो
-
दसैँमा उपत्यकामा ९७ करोडको खसीबोका र च्याङ्ग्रा बिक्री
-
अध्ययन खर्च जुटाउन ‘पेन्टिङ’
-
असोजमा झण्डै ६ अर्ब रुपियाँको विद्युत् निर्यात
-
ब्राजिलमा राष्ट्रपति पदका लागि निर्णायक मतदान, लुला र फ्लाभियोबीच कडा प्रतिस्पर्धा


प्रतिक्रिया