नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि
काठमाडौं।नेपाली बजारमा बिहीबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ भने चाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको हो।
बुधबार प्रतितोला दुई लाख ८३ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार दुई लाख ८३ हजार ५०० रुपैयाँ कायम भएको छ। यसैगरी, चाँदीको मूल्यमा भने ५० रुपैयाँले गिरावट आएको छ। बुधबार प्रतितोला तीन हजार ९८० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार तीन हजार ९३० रुपैयाँमा झरेको महासंघले जनाएको छ।
महासंघले सार्वजनिक गरेको विवरण अनुसार बिहीबार सुनको मूल्य प्रतिदश ग्राम दुई लाख ४३ हजार ५५ रुपैयाँ र चाँदीको मूल्य प्रतिदश ग्राम तीन हजार ३६९ रुपैयाँ कायम भएको छ।


प्रतिक्रिया