NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ कार्तिक १४ गते

कांग्रेसले ‘तयार छौँ’ अभियान सञ्चालन गर्ने

ललितपुर– नेपाली कांग्रेसले महाधिवेशनबाट पारित नीति तथा कार्यक्रम नागरिकसम्म पुर्याउन आगामी मङ्सिर महिनाभर ‘तयार छौँ’ अभियान सञ्चालन गर्ने भएको छ ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा बिहीबार केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै सभापति गगनकुमार थापाले नागरिकका समस्या सम्बोधन गर्न र पार्टीलाई जिम्मेवारीपूर्वक अघि बढाउन अभियान सञ्चालन गर्ने प्रस्ताव गरेका हुन् ,

‘कांग्रेसलाई देशका राजनीतिक, सामाजिक, सांस्कृतिक र आर्थिक समस्या समाधानका लागि तयार रहेको पार्टीका रूपमा नागरिकमाझ प्रस्तुत गर्नुपर्नेछ । महाधिवेशनमा भएका समीक्षा र आत्मालोचनाको चरण पूरा भएकाले अब परिणाममुखी काममा केन्द्रित हुनुपर्नेछ’, उनले भने।

उनले पार्टीका पारित नीतिगत तथा साङ्गठनिक प्रस्तावलाई दस्तावेजीकरण गरी केन्द्रीय कार्यालयमार्फत तल्लो तहसम्म पुर्‍याइने जानकारी दिए।

महाधिवेशनबाट पारित प्रस्तावलाई पूर्णता दिन आवश्यक सुझाव, संशोधन र थप विषय केन्द्रीय कार्यालयमा उपलब्ध गराउन उनले पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरे।

ताजा अपडेट

नेपालवाच विशेष