NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ कार्तिक १४ गते

पक्राउ परेका सबै पत्रकार रिहा

काठमाडौं- शुक्रबार पक्राउ परेका सबै पत्रकारहरू रिहा भएका छन्। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सामाजिक सञ्जालमार्फत उनीहरू रिहा भएको जानकारी दिएका हुन्।

मन्त्री तिमिल्सिनाले फेसबुकमा लेखेका छन्, ‘पक्राउ परेका सबै पत्रकारहरू रिहा भएका छन्। सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध छ। प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिता लोकतन्त्रका आधार स्तम्भ हुन्।’

यसअघि प्रहरीले नेपाल प्रेसका विश्वमणि सुवेदी, डीएन खबरका धीरज बस्नेत र मोटिभेट न्यूजका शोभराज बराललाई नियन्त्रणमा लिएको थियो। सञ्चारकर्मी र सञ्चार गृहमाथि प्रहरीले धरपकड गरेको भन्दै यसअघि चौतर्फी विरोध भएको थियो।