बाढीपहिरोले पाँच राजमार्ग पूर्ण रूपमा अवरुद्ध
काठमाडौं: अविरल वर्षाका कारण आएको बाढी र पहिरोले आइतबार पनि देशका विभिन्न राजमार्ग अवरुद्ध भएका छन्। प्रहरीका अनुसार पाँचवटा सडक खण्ड पूर्ण रूपमा बन्द भएका छन् भने चारवटा सडकमा एकतर्फी मात्र सवारी साधन सञ्चालनमा छन्। शुक्रबार र शनिबारदेखि परेको वर्षाले सडक सञ्जालमा ठूलो असर पुर्याएको छ।
राजधानी काठमाडौँ जोड्ने प्रमुख सडकहरू बीपी राजमार्ग र कान्ति लोकपथ शनिबार बिहानैदेखि अवरुद्ध छन्। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार बीपी राजमार्ग अन्तर्गत काभ्रेको रोसी गाउँपालिका-९ पिन्थलीमा लेदोसहितको पहिरो खसेको छ। यस्तै, ललितपुरको बागमती गाउँपालिका-३ को पान्दु र टार्कुचेमा पहिरो जाँदा कान्ति लोकपथ पूर्ण रूपमा बन्द भएको छ। यसबाहेक गोरखा र खोटाङका राजमार्गहरू पनि पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ।
सडक अवरुद्ध हुँदा यात्रुहरूले सास्ती खेप्नुपरेको छ। यसैगरी, मुस्ताङको जोमसोम-कोरला सडक, पाल्पाको कालीगण्डकी करिडोर र सुर्खेतको कर्णाली राजमार्गमा पहिरो खस्दा सवारी साधन एकतर्फी रूपमा मात्र सञ्चालन भइरहेका छन्।
ताजा अपडेट
-
समसामयिक राजनीतिक परिस्थिति र पार्टीको कार्यदिशाबारे गगन थापाले सम्बोधन गर्ने
-
रास्वपाले स्थानीय तह निर्वाचनका लागि सात उपसमिति गठन गर्यो
-
धान फल्ने खेतमा सयपत्री खेती, १२ लाख आम्दानीको लक्ष्य
-
७ देशका प्रभावशाली कन्टेन्ट क्रिएटर नेपालमा, पोखरा, चितवन र बर्दियाको पर्यटन प्रवर्द्धन गरिने
-
एनपीएलमा आज जनकपुर र पोखरा भिड्दै


प्रतिक्रिया