समसामयिक राजनीतिक परिस्थिति र पार्टीको कार्यदिशाबारे गगन थापाले सम्बोधन गर्ने
काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले समसामयिक राजनीतिक परिस्थिति र पार्टीको आगामी कार्यदिशाबारे आज विशेष सम्बोधन गर्ने भएका छन्। १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले पदबहाली गरेपछि पहिलो पटक पत्रकार सम्मेलनमार्फत उनले पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न लागेका हुन्।
नेपाली कांग्रेसको केन्द्रीय कार्यालय स्रोतका अनुसार ललितपुरको सानेपास्थित बीपी स्मृति भवनमा आज दिउँसो २ बजे सम्बोधन कार्यक्रम तय गरिएको छ। सम्बोधन गर्नुअघि महामन्त्री थापाले पार्टीका प्रमुख पदाधिकारीहरूसँग छलफल गर्ने कार्यक्रम रहेको छ।
यस सम्बोधनमा पार्टीको पछिल्लो साङ्गठनिक अवस्था, नवनिर्वाचित केन्द्रीय कार्यसमितिको कार्ययोजना तथा देशको विद्यमान आर्थिक र राजनीतिक परिवेशमा नेपाली कांग्रेसको भूमिकाबारे थापाले आफ्नो दृष्टिकोण प्रस्ट पार्ने बुझिएको छ।
ताजा अपडेट
-
शुक्लाफाँटामा जंगली हात्तीलाई रेडियो कलर लगाउने प्रक्रिया अघि बढ्यो
-
सुनको मूल्यमा भारी गिरावट, एकैदिन आठ हजार ३०० रुपैयाँले घट्यो
-
समसामयिक राजनीतिक परिस्थिति र पार्टीको कार्यदिशाबारे गगन थापाले सम्बोधन गर्ने
-
रास्वपाले स्थानीय तह निर्वाचनका लागि सात उपसमिति गठन गर्यो
-
धान फल्ने खेतमा सयपत्री खेती, १२ लाख आम्दानीको लक्ष्य


प्रतिक्रिया