शुक्लाफाँटामा जंगली हात्तीलाई रेडियो कलर लगाउने प्रक्रिया अघि बढ्यो
कञ्चनपुर। कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा लामो समयदेखि बस्तीमा प्रवेश गरी जनधन तथा बालीनालीमा क्षति पुर्याउँदै आएका जंगली हात्तीको निगरानीका लागि रेडियो कलर जडान गर्ने प्रक्रिया अघि बढाइने भएको छ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयलाई रेडियो कलर जडानको कार्य अगाडि बढाउन निर्देशन दिएको हो।
जंगली हात्तीको आवतजावतसम्बन्धी सूचना संकलन गरी मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि रेडियो कलर व्यवस्थापन गर्न अनुरोध गरेको छ।
रेडियो कलरबाट प्राप्त तथ्याङ्कको नियमित अनुगमन तथा विश्लेषण गरी हात्तीको आवागमन र बस्तीमा प्रवेश गर्न सक्ने सम्भावित जोखिमको पूर्वानुमान गर्ने विभागको उद्देश्य छ।
कृषि, वन तथा वातावरण मन्त्री गिता चौधरीले रेडियो कलरबाट प्राप्त तथ्याङ्कको नियमित अनुगमन तथा विश्लेषण गरी हात्तीको आवागमन र बस्तीमा प्रवेश गर्न सक्ने सम्भावित जोखिमको पूर्वानुमान गर्न सकिने बताए।
यसबाट स्थानीय समुदायलाई समयमै सचेत गराउन तथा मानवीय क्षति, बालीनाली र भौतिक सम्पत्तिमा हुने नोक्सानी न्यूनीकरण गर्न सहयोग पुग्ने उनको भनाइ छ।
रेडियो कलर जडान गर्दा निकुञ्जका वरिष्ठ संरक्षण अधिकृतको प्रत्यक्ष सुपरिवेक्षणमा पशु चिकित्सकसहितको प्राविधिक टोलीको समन्वयमा काम गरिने मन्त्री चौधरीले बताए।
उनले हात्तीको सुरक्षालाई प्राथमिकता दिँदै वैज्ञानिक विधिबाट रेडियो कलर जडान गर्नुका साथै त्यसपछिको नियमित अनुगमनसमेत गरिने जानकारी दिए।
ताजा अपडेट
-
शुक्लाफाँटामा जंगली हात्तीलाई रेडियो कलर लगाउने प्रक्रिया अघि बढ्यो
-
सुनको मूल्यमा भारी गिरावट, एकैदिन आठ हजार ३०० रुपैयाँले घट्यो
-
समसामयिक राजनीतिक परिस्थिति र पार्टीको कार्यदिशाबारे गगन थापाले सम्बोधन गर्ने
-
रास्वपाले स्थानीय तह निर्वाचनका लागि सात उपसमिति गठन गर्यो
-
धान फल्ने खेतमा सयपत्री खेती, १२ लाख आम्दानीको लक्ष्य


प्रतिक्रिया