NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ कार्तिक १७ गते

सुनको मूल्यमा भारी वृद्धि, चाँदीको भाउ पनि बढ्यो

काठमाडौं: नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा दुई हजार ३०० रुपैयाँ र चाँदीको मूल्य ७० रुपैयाँले बढेको हो।

आइतबार प्रतितोला दुई लाख ७२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज बढेर दुई लाख ७४ हजार ३०० रुपैयाँ कायम भएको छ। त्यसैगरी, आइतबार प्रतितोला तीन हजार ६५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज ७० रुपैयाँले बढेर तीन हजार ७२० रुपैयाँ पुगेको महासंघले जनाएको छ।