NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ कार्तिक २० गते

बैतडीमा जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु, छ जना घाइते

बैतडी । बैतडीमा जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् ।

डडेल्धुराबाट बैतडीको पञ्चेश्वरतर्फ जाँदै गरेको जिप बुधबार साँझ पाटन–पञ्चेश्वर सडकखण्डअन्तर्गत मेलौली नगरपालिका–१ स्थित सौडानी खोलामा दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता सुरज सिंहका अनुसार दुर्घटनामा परी पञ्चेश्वर गाउँपालिका–२ की ३५ वर्षीया सुना मङ्गोलाको मृत्यु भएको हो । गम्भीर घाइते भएकी मङ्गोलाको प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा जिप चालकसहित छ जना घाइते भएका छन् । घाइते हुनेमा पञ्चेश्वर गाउँपालिका–२ का सोमन मङ्गोला, अविनाश राम लुहार, निरज बस्केल, करन सिंह मङ्गोला, सुनिल बस्केल र जिप चालक सन्तोष राम लुहार रहेका छन्।

घाइते सबैको प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार जिप अनियन्त्रित भएर सडकबाट तल खसेको थियो । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

ताजा अपडेट

नेपालवाच विशेष