NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ कार्तिक २० गते

विदेशी लगानीकर्ताले ढुक्क भएर नेपालका पूर्वाधारमा लगानी गर्नुस्ः मन्त्री लम्साल

काठमाडौं। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले नेपाल पूर्वाधार सम्मेलनको पूर्वसन्ध्यामा पूर्वाधार तथा लगानीसँग सम्बन्धित धेरै नीतिगत र कानुनी सुधार गर्न लागेको बताएका छन्।

पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसङ्घ र नेपाल निर्माण व्यवसायी महासङ्घले संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलन मन्त्री लम्सालले पूर्वाधार सम्मेलन अघि नेपालमा विकासको बाधकका रुपमा चित्रित गरिँदै आएको कानुनी समस्याको उल्झनलाई अन्त्य गर्न खोजेको स्पष्ट पारे।

‘हामीले पूर्वाधार निर्माणको बाधकका रुपमा चित्रित गरिएको कानुनी उल्झनहरुको अन्त्य गर्ने गरी काम गरिरहेका छौँ,’ उनले भने, ‘मुलुकमा लगानीमैत्री वातावरण बनेकाले पनि विदेशी लगानीकर्ताहरुलाई ढुक्क भएर लगानी गर्नका लागि आह्वान गर्दछु।’

मन्त्री लम्सालले नेपाल पूर्वाधार सम्मेलनमा सरकारले कानुनी र नीतिगत अड्चनमा गरेका सुधारका कार्य पनि सोकेसका रुपमा प्रस्तुत गर्ने योजना रहेको बताए। उनले नेपालमा लगानीमैत्री वातावरण भएकाले पनि दातृनिकायले ढुक्क भएर लगानी गर्नका लागि सबैसमक्ष आह्वान गरे।

मन्त्री लम्सालले नीतिगत र कानुनी सुधारसँगै आयोजना कार्यान्वयनमा हुने गरेका ढिस्तासुस्ती र अन्य विकृतिको पनि अन्त्य हुने बताए।

ताजा अपडेट

नेपालवाच विशेष