एनपीएलमा आज सुदूरपश्चिम-कर्णाली र चितवन-पोखरा भिड्दै
काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) टी-२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स तथा दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्नेछन्।
सुदूरपश्चिम र कर्णालीबीचको खेल मध्याह्न १२ः३० बजे सुरु हुनेछ। कर्णालीले हालसम्म खेलेका तीन खेलमध्ये दुईमा जित र एकमा हार व्यहोरेको छ। अघिल्लो खेलमा काठमाण्डु गोर्खाजसँग पराजित भएको कर्णाली आज सुदूरपश्चिमलाई हराउँदै तेस्रो जितको खोजीमा छ। यता सुदूरपश्चिमले चार खेल खेल्दा दुई जित र दुई हारको सामना गरेको छ। टोली आज लगातार दोस्रो जित निकाल्दै अंक तालिकामा सुधार गर्ने लक्ष्यमा छ।
त्यस्तै, अपराह्न ५ः०० बजे सुरु हुने दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्स आमनेसामने हुनेछन्। कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरा अहिलेसम्म जितविहीन छ। टोलीले खेलेका तीनवटै खेलमा हार बेहोरेको छ। आज चितवनलाई हराउँदै प्रतियोगितामा पहिलो जित दर्ता गर्ने योजनामा पोखरा छ। अर्कोतर्फ, चितवन आफ्नो प्लेअफ सम्भावना बलियो बनाउन चाहन्छ। चितवनले चार खेलमा दुई जित, एक हार र एक खेलमा वर्षाका कारण अंक बाँडेको छ। जारी एनपीएलमा आठ टोलीको सहभागिता रहेको छ।
ताजा अपडेट
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘लाइभ फिड’ सेवा सुरु
-
एउटा क्यानले दिलायो बाइक र स्कुटर, म्याक्स टाइगरका विजेताले बुझ्न थाले पुरस्कार
-
हुम्लामा ४.२ म्याग्निच्युडको भूकम्प, थेहे आसपास केन्द्रबिन्दु
-
एनपीएलमा आज सुदूरपश्चिम-कर्णाली र चितवन-पोखरा भिड्दै
-
हराउँदै ‘फेरी’को भाका, परम्परा धान्दै अर्जुन


प्रतिक्रिया