टिकटकमार्फत विश्वभर नेपाल चिनाउँदै भिजिट नेपाल अभियान
काठमाडौं: नेपाललाई विश्व पर्यटन बजारमा प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल सरकार, नेपाल पर्यटन बोर्ड र टिकटकको सहकार्यमा ‘#VisitNepal’ अभियान सुरु गरिएको छ। शुक्रबारबाट औपचारिक रूपमा थालनी भएको यो अभियान सन् २०२६ को अन्त्यसम्म सञ्चालन हुनेछ।
अभियानको मुख्य उद्देश्य नेपालको प्राकृतिक सौन्दर्य, संस्कृति, सम्पदा र पर्यटकीय गन्तव्यहरूलाई डिजिटल सामग्रीमार्फत विश्वभर चिनाउनु रहेको छ। यसका लागि युरोप, मध्यपूर्व, दक्षिणपूर्वी एसिया र दक्षिण एसियाबाट नौ जना अन्तर्राष्ट्रिय ट्राभल कन्टेन्ट क्रिएटरले नेपाल भ्रमण गरी आफ्ना अनुभवहरू विश्वव्यापी दर्शकमाझ प्रस्तुत गरिरहेका छन्।
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले डिजिटल प्लेटफर्म नेपालको पर्यटन, संस्कृति र सिर्जनशीलता विश्वसामु चिनाउने प्रभावकारी माध्यम भएको बताए। नेपाल पर्यटन बोर्डले स्थानीय सेलिब्रेटी तथा कन्टेन्ट क्रिएटरहरूसँग सहकार्य गर्दै विभिन्न पर्यटकीय गन्तव्यको प्रचारप्रसार गर्नेछ। अभियानको क्रममा ह्यासट्याग पेज र प्रत्यक्ष प्रसारणको सुविधा पनि उपलब्ध गराइने छ।
यसअघि टिकटक र पर्यटन बोर्डले संयुक्त रूपमा तीन सयभन्दा बढी पर्यटन व्यवसायी तथा कन्टेन्ट क्रिएटरलाई डिजिटल स्टोरी टेलिङसम्बन्धी तालिम प्रदान गरिसकेका छन्।
ताजा अपडेट
-
टिकटकमार्फत विश्वभर नेपाल चिनाउँदै भिजिट नेपाल अभियान
-
चितवन राइनोजको जित, पोखरा एभेन्जर्सको लगातार चौथो हार
-
ग्लोबल आइएमई बैंकले काठमाडौँको उत्तरढोकामा १२ तले अत्याधुनिक कर्पोरेट भवन बनाउँदै
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘लाइभ फिड’ सेवा सुरु
-
एउटा क्यानले दिलायो बाइक र स्कुटर, म्याक्स टाइगरका विजेताले बुझ्न थाले पुरस्कार


प्रतिक्रिया