घोप्टेभीरको पहिरो हटाइयो, सडक दुईतर्फी सञ्चालनमा
काठमाडौं- पृथ्वी राजमार्गअन्तर्गतको मलेखु-मुग्लिङ सडकखण्डको घोप्टेभीरमा खसेको पहिरो पन्छाएपछि सडक दुईतर्फी सञ्चालनमा आएको छ। सोमबार राति ११ बजे खसेको ठूलो सुक्खा पहिरोका कारण मंगलबार बिहानसम्म सडक अवरुद्ध भएको थियो।
पहिरोका कारण तिहार मनाउन घर जाने तथा फर्किने यात्रुहरू बाटोमै अलपत्र परेका थिए भने सडकमा सवारीसाधनको लामो जाम लागेको थियो। नागढुंगा-मुग्लिङ सडक योजना (पश्चिम खण्ड) का अनुसार बिहान पौने ८ बजे पहिरो हटाएपछि सडक दुवैतर्फी सञ्चालनमा आएको हो। सोही स्थानमा सोमबार पनि पहिरो खसेर यातायात सेवा अवरुद्ध भएको थियो।


प्रतिक्रिया