काठमान्डु र सुदूरपश्चिमको लक्ष्य शीर्षस्थान, चितवनलाई जितको दबाब
काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदै छन्। मध्याह्न १२:३० बजे काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ भने बेलुकी ५ बजे चितवन राइनोज र जनकपुर बोल्ट्स आमनेसामने हुनेछन्।
अंक तालिकाको शीर्षस्थानमा पुग्ने लक्ष्यसहित काठमान्डु र सुदूरपश्चिम मैदानमा उत्रँदै छन्। हाल ९ अंकसहित लुम्बिनी पहिलो स्थानमा छ भने समान ८ अंक जोडेका काठमान्डु र सुदूरपश्चिम क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। सुदूरपश्चिमका लागि यो समूह चरणको अन्तिम खेल हो भने काठमान्डुले अर्को एक खेल खेल्न बाँकी छ। प्रतियोगिताको सुरुवाती चरणमा खराब प्रदर्शन गरे पनि दुवै टोलीले पछिल्लो समय उत्कृष्ट पुनरागमन गरेका छन्।
त्यस्तै, अर्को खेलमा चितवन राइनोजलाई जितको दबाब छ। ५ अंकसहित पाँचौँ स्थानमा रहेको चितवनलाई प्लेअफमा स्थान बनाउन आजको खेल जित्नैपर्ने अवस्था छ। यता, जनकपुर बोल्ट्सको भने प्लेअफमा पुग्ने सम्भावना लगभग समाप्त भइसकेको छ।
ताजा अपडेट
-
मरिक समुदायका अगुवा भन्छन् : पुर्ख्यौली सीपले गुजारा चल्दैन’
-
बन्दीपुरमा ६७ फिट अग्लो राष्ट्रिय झण्डासहितको पार्क निर्माण हुँदै
-
काठमान्डु र सुदूरपश्चिमको लक्ष्य शीर्षस्थान, चितवनलाई जितको दबाब
-
देउसीभैलोमा अश्लील नृत्य गरेको आरोपमा तीन युवती पक्राउ
-
आज पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना


प्रतिक्रिया