स्वास्थ्य बीमा नवीकरण गर्न परिवारका सबै सदस्यको केवाईसी अनिवार्य
काठमाडौं। स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा नवीकरणका लागि परिवारका सबै सदस्यको केवाईसी विवरण अद्यावधिक गर्नुपर्ने व्यवस्था लागू गरेको छ।
बोर्डले सूचना जारी गर्दै बीमा नवीकरण गर्नुअघि परिवारका प्रत्येक सदस्यको केवाईसी विवरण अनिवार्य रूपमा अद्यावधिक गर्नुपर्ने जनाएको हो।
नयाँ व्यवस्थासँगै कनेक्ट आइपिएस, इसेवा र खल्तीलगायत डिजिटल भुक्तानी माध्यमबाट हुँदै आएको प्रत्यक्ष नवीकरण सेवा हालका लागि अस्थायी रूपमा स्थगित गरिएको छ।
बोर्डले सम्पूर्ण बीमितलाई आधिकारिक एचआईबी ई–पोर्टलमा लगइन गरी आफ्नो पुरानो बीमा विवरण जाँच गर्न तथा परिवारका सबै सदस्यको केवाईसी विवरण अद्यावधिक गर्न आग्रह गरेको छ।
बोर्डका अनुसार केवाईसी प्रक्रिया पूरा गरेपछि मात्रै स्वास्थ्य बीमा नवीकरण प्रक्रिया अघि बढाउन सकिनेछ।


प्रतिक्रिया