प्रधानमन्त्री शाहको भारत भ्रमण दुई दिनको हुने
काठमाडौं: प्रधानमन्त्री बालेन शाहको भारत भ्रमण दुई दिनको हुने भएको छ। उच्च सरकारी स्रोतका अनुसार प्रधानमन्त्री शाह मंसिर ६ गते दिउँसो १ः२५ बजे नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत दिल्ली प्रस्थान गर्ने कार्यक्रम तय भएको छ।
भ्रमण तालिकाअनुसार उनी मंसिर ७ गते अपराह्न ४ः२० बजे सोही निगमको नियमित उडानबाट स्वदेश फर्कनेछन्। यस हिसाबले प्रधानमन्त्री शाह दिल्लीमा करिब २५ घण्टा ३० मिनेट रहनेछन्।
यसअघि प्रधानमन्त्रीको भारत भ्रमण तीन दिनको हुने चर्चा चलेको थियो। तर, पछिल्लो समय भ्रमणको अवधि छोट्याएर दुई दिनमा सीमित गरिएको हो। यद्यपि सरकारले भ्रमणको औपचारिक घोषणा र विस्तृत कार्यतालिका सार्वजनिक गरिसकेको छैन।
ताजा अपडेट
-
प्रधानमन्त्री शाहको भारत भ्रमण दुई दिनको हुने
-
असोज मसान्तसम्म सार्वजनिक ऋण ३० खर्ब नौ अर्ब, ब्याजमा झन्डै एक खर्ब खर्च
-
नेपाल आयल निगमको घाटा १ अर्ब ६२ करोड, मूल्य यथावत
-
नुवाकोटका प्रदीप बने प्रोटोन कारका मालिक, म्याक्स टाइगरबाट २८ जनालाई बाइक र स्कुटर
-
किसानको बाली जोगाउन प्रहरी खेतमा

प्रतिक्रिया